बिहीबार, भदौ ४, २०८३

चितवनमा एक जनामा कोरोना संक्रमणकाे आशंका

चितवनको रत्ननगरमा एकजनामा कोरोना संक्रमणको आशंका गरिएको छ। रिपोर्ट पोजेटिभ देखिएको छ।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

चितवन- चितवनको रत्ननगरमा एकजनामा कोरोना संक्रमणको आशंका गरिएको छ। रिपोर्ट पोजेटिभ देखिएको छ।

रत्ननगर १४ पिठुवामा रहेको गुञ्जमान सिंह अस्पतालमा बुधबार र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणको क्रममा एक व्यक्तिको रिपोर्ट पोजेटिभ देखिएको हो।

चितवमा कोरोना परिक्षण ल्यावका प्रवक्ता कृष्णसागर शर्माका अनुसार आरडीटी प्रविधिमार्फत परीक्षण गर्दा पोजेटिभ देखिएपछि पीसीआर मार्फत परिक्षण गर्न स्वाव प्रयोगशालामा ल्याइएको जानकारी दिए।

उनले भने ‘पोजेटिभ देखिएका व्यक्तिको ट्राभल हिस्ट्री खोजीदैछ, उनी पुरुष भएको र कोरियाबाट आएको भन्ने बुझिएको छ, अब रिपोर्ट आएपछि मात्र कोरोना भाइरस पोजेटिभ भए नभएको निश्चित हुनेछ।’

प्रकाशित: Apr 15, 2020| 16:08 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।