बिहीबार, भदौ ४, २०८३

भारतमा ८ वैशाखपछि लकडाउन कसरी खुकुलो पारिँदै छ ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार लकडाउन २१ वैशाखसम्म लम्बाउने घोषणासँगै ८ गतेदेखि खुकुलो पारिने घोषणा समेत गरेका थिए ।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार लकडाउन २१ वैशाखसम्म लम्बाउने घोषणासँगै ८ गतेदेखि खुकुलो पारिने घोषणा समेत गरेका थिए ।

सो घोषणा अनुसार भारतको गृहमन्त्रालयले गाइडलाइन जारी गर्दै रेल, हवाईसेवा लगायत सबै खाले सार्वजनिक यातायातमा पहिलेजस्तै प्रतिबन्ध जारी रहने जनाएको छ। शिक्षण संस्था, मल, सिनेमा हल र अन्य ब्यवसायिक प्रतिस्ठान पनि २१ गतेसम्म नै बन्द रहनेछन्।

तर, ग्रामिण अर्थव्यवस्था चलायमान बनाउन र सर्वसाधारणको सुविधा का लागि केही गतिविधि भने २० अप्रिलदेखि सुरु गर्न स्वीकृति दिइएको छ।

खेती–किसानी र यससँग सम्बन्धित कामहरु ८ गतेदेखि सुचारु गर्न सकिने छ। ग्रामिण अर्थ व्यवस्थालाई सुचारु गराउने अन्य गतिविधि पनि सतर्कतापूर्वक सञ्चालन गर्न अनुमति दिइएको छ। दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरुको सुविधाका लागि औद्योगिक क्षेत्रहरुमा पर्याप्त सुरक्षा व्यवस्थाका साथ काम सञ्चालन गर्न भनिएको छ।

त्यस्तै ८ बैशाखपछि भारतमा सबै खालको ढुवानी सेवा सुचारु हुनेछन्। यसमा जरुरी र गैरजरुरीको भेद हुनेछैन। राजमार्गमा सतर्कताका साथ मर्मत पसल र खानाका ढाबाहरु खोल्ने छुट हुनेछ।

कृषि उत्पादनको खरिदसँग जोडिएका एजेन्सीले पनि आफ्नो काम सुरु गर्न सक्नेछन्। खेती सम्बन्धी मेशिनरी, स्पेयर पाटर््सका पसलहरु पनि खुल्ने छन्।

मलखाद, कीटनाशक र बिउ उत्पादन तथा विक्री सम्बन्धित काम पनि शुरु हुनसक्नेछन् भने हार्भेस्टर र अन्य उपकरण एक राज्यबाट अर्को राज्यमा समेत लैजान पाइनेछ।

त्यस्तै माछा पालन, पशुपालन लगयताका गतिविधि र यससँग जोेडिएका व्यवसाय पनि खुला हुनेछन्। चीया, कफी र रबड खेती साथै उत्पादन र प्याकेजिंगका सबै काम सुरु हुनेछन्।

आईटी कम्पनीले पनि आफ्ना कार्यालय खोल्न पाउनेछन्। सरकारी कार्यालयसँग सम्बन्धित डेटा र कल सेन्टर पनि खुला रहनेछन्। कुरियर सेवा, इलेक्ट्रिशियन, प्लम्बर र कारपेन्टरले पनि आफ्ना काम सुरु गर्न सक्नेछन्।

यद्यपि केन्द्रीय गृहमन्त्रालयले आदेशमा ८ वैशाखपछि सुरु हुने भनिएका यि कामहरुका बारेमा सम्वन्धित प्रदेश सरकारले निर्णय लिन सक्नेछन्।

भारतीय स्वास्थ्यमन्त्रालयका अनुसार बुधबारसम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या ११,४३९ पुगेको छ। यिमध्ये ३७७ जनाले ज्यान गुमाएका छन् भने १, ३०६ जना निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा १,०७६ जना संक्रमित भएका छन् भने ३८ जनाको मृत्यु भएको छ।

हटस्पटमा छुट छैन

भारतमा ८ वैशाखदेखि लकडाउन निश्चित क्षेत्रमा खुकुलो पारिने भनिए पनि कोेरोना भाइरसको धेरै संंक्रमण भएका हटस्पटमा भने कुनै छुट दिइने छैन।

यस्ता क्षेत्रमा आवश्यक वस्तुको वितरण सरकार आफैंले गर्नेछ भने स्वास्थ्य सेवा र सुरक्षा बाहेकका सम्पूर्ण गतिविधि बन्द रहने भारतीय गृहमन्त्रालयले जनाएको छ।

कार्यालय र सार्वजनिक स्थल

भारतमा सवै सार्वजनिक स्थान र कार्यालयमा मास्क लगाउनु अनिर्वाय गरिएको छ। त्यस्तै सामाजिक दूरीको पालन गर्नुपर्ने, पाँच जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन पाइने छैन।

सबै कार्यालयले कर्मचारीको थर्मल स्क्रिनिङ र स्यानिटाइजेशनको व्यवस्था मिलाउनु पर्नेछ। शिफ्ट चेन्ज भएपछि र अफिस बन्द भएपछि सम्पूर्ण कार्यक्षेत्रलाई स्यानिटाइज गर्नुपर्ने छ। शिफ्ट चेन्ज हुँदा एक घण्टाको ग्याप राख्नु पर्नेछ। सार्वजनिक स्थानमा थुक्नेलाई जरिवाना गरिने छ।

 

प्रकाशित: Apr 15, 2020| 15:57 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।