बिहीबार, भदौ ४, २०८३

कोरोना परीक्षणका लागि घुम्ती शिविर चलाऔँ : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस परीक्षणका लागि घुम्ती शिविर तत्कालै सुरु गर्न आग्रह गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै सरकारलाई ५ वटा सुझावसमेत दिएका छन्।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस परीक्षणका लागि घुम्ती शिविर तत्कालै सुरु गर्न आग्रह गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै सरकारलाई ५ वटा सुझावसमेत दिएका छन्।

‘कोरोना संक्रमणको जोखिम बढेको स्थिति दृष्टिगत गरेर सरकारले लकडाउनको समयावधि थप गर्नुलाई हामीले स्वभाविक रूपमा लिएका छौं। लकडाउनको समय थप्ने तर कोरोनासँग जुध्ने गति र सतर्कताको मात्रा थप्न नसक्ने हो भने लकडाउन गरेर मात्रै कोरोनालाई परास्त गर्न सकिन्न।’ विज्ञप्तिमा भनिएको छ,

‘लकडाउनका बावजुद कैयौं देश कोरोनाको चपेटामा परेको अनुभवबाट शिक्षा लिँदै थपिएको पछिल्लो अवधिमा अघिल्लो चरणका कमजोरी अन्त्य गरेर सतर्कताको स्थितिलाई मजबुत तुल्याउन नेपाली कांग्रेस सरकार समक्ष अपील गर्दछ।’

अत्यावश्यक मेडिकल सामग्री खरिद गर्ने या निश्चित मुलुकबाट मानवीय सहयोगका रूपमा आयात गर्ने कार्यमा अझै पनि ढिलाइ भइरहेको बिषयलाई नेपाली कांग्रेसले गम्भीरता पूर्वक लिएको जनाएको छ। ‘पारदर्शी ढंगले कुन प्रक्रिया र कुन माध्यमबाट ल्याउने त्यो सरकारको अधिकार क्षेत्रको विषय हो। तर कोरोनाबाट संक्रमितको संख्या बढ्दै गएको आजको मितिमा सामग्रीको पर्याप्त बन्दोबस्त गर्न अब रत्तिभर ढिलाइ नगर्न हामी आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

लकडाउन शुरु हुनुभन्दा अघिल्लो हप्ता देशका विभिन्न नाकाबाट करिब २ लाख नेपाली अव्यवस्थित ढंगले प्रवेश गरेको र प्रवेश गरेका मध्ये १५ प्रतिशतभन्दा कम मात्रै क्वारेन्टाइनमा बसेका कांग्रेसको भनाइ छ।

विदेशबाट आएको २८ दिनमा सनसिटी अपार्टमेण्टमा बसेकामा संक्रमण देखिएको स्थितिझैं बाहिरबाट आएर गाउँमा छरिएका कोहि कसैमा लक्षण नदेखिने रहेछ भने त्यसले भयावह स्थिति निर्माण गर्न सक्नेतर्फ कांग्रेसले सचेत गराएको छ।

‘परीक्षणको दायरा अब निश्चित केन्द्रबाट ‘घुम्ती स्वास्थ शिविर’ को शैलीमा समुदायसमक्ष पुर्याउन अनिवार्य भएको छ। अतः नेपाली कांग्रेस गाउँ तहसम्म ‘घुम्ती परिक्षण शिविर’ चलाउने तयारी तत्काल शुरु गर्न तिनै तहको सरकारलाई युद्धस्तरमा समन्वय साथ कार्य गर्न अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: Apr 15, 2020| 15:48 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।