बिहीबार, भदौ ४, २०८३

लकडाउन पालना गर्न राजपाकाे अपिल

 राजपाले महामारीबाट जोगिन सिंगाे देश एक ठाउँमा उभिनुपर्ने भएकाले लकडाउनका नियम जिम्मेवारीसाथ पालना गर्न अपिल गरेकाे छ। 
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

काठमाडौं - राजपाले महामारीबाट जोगिन सिंगाे देश एक ठाउँमा उभिनुपर्ने भएकाले लकडाउनका नियम जिम्मेवारीसाथ पालना गर्न अपिल गरेकाे छ। वैशाख १५ गतेसम्म लकडाउन बढाउने सरकारी निर्णयको स्वागत गर्दै राजपाले यस्ताे अपिल गरेकाे हाे।

यस्तै राजपाले लकडाउन अझ व्यवस्थित बनाउन सरकारकाे ध्यानाकर्षण गराएकाे छ। देशका विभिन्न ठाउँबाट पैदल यात्रा गरी हजारौंको संख्यामा सर्वसाधारण आआफ्नो जिल्लातर्फ गइरहेकाले यसतर्फ गम्भीर बन्न राजपाले सरकारलाई आग्रह गरेकाे छ। 

देशका विभिन्न भभागमा फसेका नागरिकलाई खानबस्न ममस्या भएकाले उनीहरुलाई तत्काल राहत दिलाउन, खुला सिमानामा व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालन गर्न र संक्रमितको संख्या बढ्न थालेकाले समयमै स्वास्थ्य सामग्री उपलब्ध गराउन संयोजक शरतसिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा अनुराेध गरिएकाे छ।

प्रकाशित: Apr 15, 2020| 13:54 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।