मंगलबार, असार २३, २०८३

नेपाल र पपुवा न्युगिनीको दोस्रो मैत्रीपूर्ण खेल आज

नेपालले आईसीसी विश्वकप लिग २ को तयारीका लागि खेलिरहेको पपुवा न्युगिनीसँगको दोस्रो खेल आज शुक्रबार खेल्दैछ।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं– नेपालले आईसीसी विश्वकप लिग २ को तयारीका लागि खेलिरहेको पपुवा न्युगिनीसँगको दोस्रो खेल आज शुक्रबार खेल्दैछ। नेपालले ओपनको अल इमिरेत मैदानमा आज पहिलो पटक डे–नाइट क्रिकेट खेल्न लागेको हो।

खेल नेपाली समयअनुसार पौने ४ बाट सुरु हुँदैछ। पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले हराएको थियो।

आज दोस्रो खेलमा पनि जित निकाल्दै नेपाली टिम दुई खेलको सिरिजमा क्लिन स्विप गर्ने योजनामा छ। यता पपुवा न्युगिनी पनि आजको खेलमा जित निकाल्दै सिरिज बराबरी गर्न चाहन्छ।

पहिलो खेलमा नेपाली टिमको ओपनिङ कुशल भुर्तेल र आशिफ शेखले सम्हालेका थिए। यता बलिङतर्फ सन्दीप लामिछानेले चार विकेट लिएका थिए।

यी दुई मैत्रीपूर्ण खेलपछि अमेरिका र घरेलु टिम ओमनसँग २–२ खेल खेल्नेछ। लिग २ अन्तर्गतको त्यो खेल अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको छनोटसमेत हो।

प्रकाशित: Sep 10, 2021| 11:25 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।