बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पासको दुरुपयोग गर्ने सवारीलाई कारबाही गर्दै ट्राफिक प्रहरी

पासको दुरुपयोग गर्ने सवारीलाई कारबाही गर्दै ट्राफिक प्रहरी

लकडाउनको अवधिमा पास लिएर त्यसको दुरुपयोग गर्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

काठमाडौं - लकडाउनको अवधिमा पास लिएर त्यसको दुरुपयोग गर्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ।

सम्बन्धित व्यक्तिको अनुरोधमा निश्चित प्रयोजन र समायवधिका लागि भनि तोकिएको पासलाई अर्कै प्रयोजन र जुनसुकै समयमा समेत प्रयोग गरेको पाइएकोले त्यस्ता सवारीसाधनहरुलाई ट्राफिक प्रहरीले कडाईका साथ चेकजाँच र कारबाही गर्ने महाशाखा प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताए। उनले भने, ‘अत्यावश्यक काम बाहेक अन्य समयमा समेत घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यक बाहिरी अवस्था हेर्न, पास छ भनेर शान देखाउँदै हिड्ने सवारीसाधनहरु गुडेको भेटिएका छन्। अब त्यस्ता सवारीसाधनलाई ट्राफिक प्रहरीले निगरानी बढाएर दुरुपयोग गरेको पाइए कारबाही गर्छ।’

हालसम्म लकडाउन उल्लंघन गर्ने ८९७४ सवारी साधन होल्ड तथा १८४६ वटा पासको दुरुपयोग गरि गुडेका सवारी साधनको पासलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। त्यसै गरी लकडाउनको समयमा २१ जना मादक पदार्थ सेवन गरि सवारी चलाउने चालकलाई समेत कारबाही गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए।

ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिउँसो १५५ स्थान र राति ४५ स्थानमा चेकप्वाईन्ट राखि चेकजाँचको व्यबस्था मिलाएको छ भने अन्य स्थानहरुमा संयुक्त चेकजाँचसमेत गर्ने गरेको छ। चेकजाँचको क्रममा ट्राफिक प्रहरीले पास भए नभएको अलावा पासको प्रयोग, अनुमतिप्राप्त व्यक्ति लगायत थप सोधपुछ समेत गर्नेछ।

 

प्रकाशित: Apr 15, 2020| 13:39 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।