बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : विशेषज्ञ भन्छन्- ‘कोरोनासँग लड्न तयारी नै पुगेन’

प्रदेश २ : विशेषज्ञ भन्छन्- ‘कोरोनासँग लड्न तयारी नै पुगेन’

कोरोना संक्रमितको ‘स्क्रिनिङ’ गर्न प्रदेश सरकार असफल भइसकेको विशेषज्ञ चिकित्सकको भनाइ छ।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

जनकपुरधाम- केही दिनअघि मुख्यमन्त्री लालबाबु राउतले लुरुलुरु हिँडेर कोरोनासँग लड्न नसकिने बताएका थिए। उनको प्रदेशका आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायसँगको बैठकमा कोरोना संक्रमण फैलिन नदिन तीव्र गतिमा काम गर्न निर्देशन दिए।

प्रदेशमा कोरोना रोकथामसम्बन्धी गतिविधिले तीव्रता लिन सकेको छैन। त्यसैले राउतले कोरोना परीक्षणलाई तीव्रता दिन मंगलबार सरोकारवालालाई निर्देशन दिए।

कोरोना संक्रमितको ‘स्क्रिनिङ’ गर्न प्रदेश सरकार असफल भइसकेको विशेषज्ञ चिकित्सकको भनाइ छ। परीक्षणमा ढिलाइ गरे प्रदेश २ भित्र भयावह स्थिति आउने चेतावनी उनीहरुले दिएका छन्।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले स्थापना गरेको कोरोना परामर्श एवं समन्वय केन्द्रका सदस्य डा. अजय झा कोरोनालाई परास्त गर्न युद्धस्तरमा काम गर्नुपर्ने भए तापनि प्रदेश सरकार सुस्त रहेको बताउँछन्। दक्ष जनशक्तिको कमी, कोरोना उपचारको लागि आवश्यक उपकरणको अभाव, क्वारेन्टाइनमा राखिएकाहरुको स्वाब परीक्षणमा ढिलाइ भइरहेकोले प्रदेश २ मा जोखिम बढिरहेको उनको बुझाइ छ।

भक्तपुरस्थित क्यान्सर अस्पतालका रगत रोग विशेषज्ञ डा. झाले नेपाल समयसँग भने, ‘अहिले स्क्रिनिङ सबैभन्दा महत्त्वपूर्ण पाटो हो, बढीभन्दा बढी जाँच हुनुपर्ने हो। तर प्रमुख काममै प्रदेश सरकार पछाडि देखिन्छ।’जाँच गरेरमात्र संक्रमित पत्ता लगाउन सकिने उनको भनाइ छ।, प्रदेश सरकारले १० दिनअघि पीसीआर मेसिन पनि पाइसकेको छ,’ उनले भपे, ‘तर, प्रत्येक दिन चारदेखि पाँचवटा मात्र परीक्षण भइरहेको छ। मेसिनको क्षमताअनुसार पनि परीक्षण हुन सकेको छैन।’

परीक्षणको दायरा नबढ्नुको प्रमुख कारण जनशक्तिको कमी रहेको झा बताउँछन्। कोरोनाविरुद्धको लडाइँमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय गम्भीर नभएको डा.झा बताउँछन्।

‘प्रादेशिक अस्पताल सामाजिक विकास मन्त्रालय मातहत छ, कोरोना परीक्षण पनि त्यहीं भइरहेको छ । परीक्षणको दायर बढ्न नसकेको प्रति मन्त्रालय अनभिज्ञ छ,’ उनी भन्छन्, ‘जनशक्ति थपेर पनि परीक्षणको दायरा बढाउन मन्त्रालयले खासै चासो देखाएको जस्तो लागेको छैन।’

जनशक्तिका लागि सरकारले उचित व्यवस्थापन गर्न नसक्नु र कम क्षमताको पीसीआर मेसिन रहेकाले प्रादेशिक अस्पतालमा परीक्षणको दायर बढ्न नसकेको उनी बताउँछन्।

उनले आइसोलेसन वार्ड र ल्याबमा खटिएका चिकित्सक एवं प्राविधिकलाई सरकारले उपयुक्त व्यवस्था गर्न नसकेको आरोप लगाए। ‘प्राविधिकहरु दिनभर ल्याबमा काम गरेका छन्, खानासमेत खान पाएका छैनन्,’ उनले भने, ‘कोरोना जाँचको लागि प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मी र प्राविधिकलाई खानबस्न छुट्टै व्यवस्था हुनुपर्दथ्यो। उनीहरु जोखिम मोलेर काम गर्न बाध्य छन्।’

 

प्रकाशित: Apr 15, 2020| 13:05 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।