बिहीबार, भदौ ४, २०८३

सनसिटीमा मन्त्री खतिवडा नगएको स्पष्टोक्ति

'मन्त्रीज्यू आफैँमा मुटुको बिरामी भएको हुँदा स्वास्थ्यका विषयमा निकै सजक हुनुहुन्छ।'
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

काठमाडाैं - अर्थ तथा सञ्चार एवम् सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडा सनसिटी अपार्टमेन्टमा चैत ८ गते भएको भनिएको आन्तरिक समितिकाे निर्वाचनमा सहभागी नभएको उनको सचिवालयले प्रस्ट पारेको छ।

सनसिटीमा केही व्यक्तिलाई कोरोना संक्रमण भेटिएपछि केही सञ्चारमाध्यममा त्यहाँ अर्थमन्त्री डा. खतिवडा पनि गएकाले उनको पनि स्वास्थ्य परीक्षण गर्नुपर्ने समाचार प्रकाशित भएपछि खतिवडाकाे सचिवालयले स्पष्टोक्ति दिएको हो।

'मन्त्रीज्यू पछिल्ला समयमा कुनै पनि सार्वजनिक कार्यक्रम तथा भेलामा सहभागी हुनुभएको छैन। उहाँ निवास, सिंहदरबार र बालुवाटार मात्र काममा व्यस्त हुनुभएको छ', डा. खतिवडाका प्रेस संयोजक यमप्रसाद पौडेलले भने, 'मन्त्रीज्यू आफैँमा मुटुको बिरामी भएको हुँदा स्वास्थ्यका विषयमा निकै सजक हुनुहुन्छ।'

पाैडेलले सटसिटीमा भएको निर्वाचित समितिलाई बधाई दिन डा. खतिवडा गएको भन्ने विषयमा कुनै सत्यता नभएको बताए।

प्रकाशित: Apr 15, 2020| 12:13 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।