बिहीबार, भदौ ४, २०८३

'मर्निङ-इभिनिङ वाकमा ननिस्कौँ'

महालक्ष्मी नगरपालिकाले मर्निङ र इभिनिङ वाकको बहानामा घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

महालक्ष्मी नगरपालिकाले मर्निङ र इभिनिङ वाकको बहानामा घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै थप सतर्कता अपनाउन आवश्यक रहेको महसुस गरी नगरपालिकाले नागरवासीलाई दैनिक बिहान हिँड्ने मर्निङ वाक र साँझमा हिँड्ने इभिनिङ वाक तत्काल रोक्न अनुरोध गरेको हो ।

अत्यावश्यकबाहेकका अन्य काममा घरबाहिर ननिस्कन पटक–पटक अनुरोध गरे पनि नरोकिएको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले गुनासो गरे।

उनले भने, “हामीले धेरैपटक नगरवासीलाई मर्निङ वाक र इभिनिङ वाक नहिँड्न अनुरोध गरे पनि यो क्रम रोकिएको छैन । नगरवासीको आवतजावत रोक्न टोलटोलका सडक पूर्ण बन्द गरौँ भने पनि कसैलाई तत्काल केही पो पर्छ कि भन्ने डर पनि रहेको छ ।”

नगरपालिकाको टोलटोलमा अपरिचित व्यक्तिलाई आउन निषेध गर्नसमेत आवश्यक रहेको श्रेष्ठले बताए।
रासस

प्रकाशित: Apr 15, 2020| 10:06 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।