भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार नाघेको छ।
त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार देशभर कोरोना भाइरसबाट संक्रमितको संख्या ११ हजार ४ सय ३९ पुगेको छ।
त्यहाँ अहिले ९ हजार ७ सय ५६ ‘एक्टिभ केस’ छन् भने १३ सय ५ जना निको भएका छन्।
पछिल्लो जानकारीअनुसार भारतमा कोरोनाबाट मर्नेको संख्या ३७७ पुगेको छ।
सबैभन्दा बढी महाराष्ट्रमा २६८७ संक्रमित भएका छन् भने १७८ जनाको मृत्यु भएको छ। दिल्लीमा ३० जनाको मृत्यु भएको छ।