बिहीबार, भदौ ४, २०८३

सेती प्रादेशिक अस्पतालमा प्रसूति सेवा बन्द

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले दिँदै आएको प्रसूति सेवा आजदेखि बन्द गरेको छ। उक्त अस्पताललाई कोरोना विशेष अस्पताल तोकिएपछि अर्को सूचना जारी नभएसम्मका लागि प्रसूति सेवा बन्द गर्ने निर्णय भएको हो।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले दिँदै आएको प्रसूति सेवा आजदेखि बन्द गरेको छ। उक्त अस्पताललाई कोरोना विशेष अस्पताल तोकिएपछि अर्को सूचना जारी नभएसम्मका लागि प्रसूति सेवा बन्द गर्ने निर्णय भएको हो।

वैशाख १ गते सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले सेती प्रादेशिक अस्पतालको प्रसूति सेवा बन्द गरी सो सेवा नवजीवन अस्पतालमा दिने व्यवस्था मिलाउन अस्पताललाई निर्देशन दिने निर्णय गरेको थियो।

सोही निर्देशन अनुसार प्रसूति सेवा बन्द गरिएको सेती अस्पतालले जनाएको छ। अब प्रसूति सेवाको कार्य कैलालीको धनगढीमा रहेको नवजीवन अस्पतालले गर्ने भए पनि चाप धान्न भने समस्या हुने अस्पतालले जनाएको छ।

सेती प्रादेशिक अस्पतालका मेसु डा. हेमराज पाण्डेयले भने प्रसूति सेवा बन्द गर्न सामाजिक विकास मन्त्रालयबाट निर्देशन आएको तर जनशक्तिको विषयमा कुनै निर्णय नभएको बताए। उनले सेतीको प्रसूति वार्डमा कार्यरत चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई नवजीवनमा पठाउने वा नपठाउने बारे कुनै निर्णय नभएको बताए।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नवजीवनले जनशक्ति माग गरे व्यवस्थापन गर्न सकिने बताए। नवजीवनमा सरकारको आमा सुरक्षा कार्यक्रम लागू भएको छ।

प्रकाशित: Apr 15, 2020| 09:00 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।