काठमाडौं - दार्चुलामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका– ६ तिखाधारका भद्रसिंह खातीकी ७ वर्षीया छोरी लक्ष्मी खातीको मंगलबार राति चट्याङ लागेर मृत्यु भएको हो।
घटनामा अन्य २ जना घाइते भएका छन्। प्रहरीका अनुसार चट्याङ लागेर खातीकी पत्नी सीता र छोरा राजेन्द्र सामान्य घाइते भएका छन् ।
चट्याङले घर पूरै भत्किएको छ भने गोठमा रहेका गोरुगोरुसमेत मरेको प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।