बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डब्लुएचओको सबैभन्दा ठूलो दाता अमेरिकाले रोक्यो आर्थिक सहयोग

डब्लुएचओको सबैभन्दा ठूलो दाता अमेरिकाले रोक्यो आर्थिक सहयोग

कोरोना भाइरसको महामारीलाई लिएर चीनको पक्ष लिएको आरोप लगाउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेका छन्।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

कोरोना भाइरसको महामारीलाई लिएर चीनको पक्ष लिएको आरोप लगाउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेका छन्।

मंगलबारको नियमित प्रेस बिफ्रिङमा राष्ट्रपति ट्रम्पले डब्लुएचओको भूमिकाको समीक्षा गर्दा प्रभावकारी काम गर्न असफल देखिएकोले सहयोग रोक्ने निर्णय गरेको बताए।

ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको र कोरोना भाइरसबारे गलत सूचना दिएको आरोप दोहोर्याएका छन्। डब्लुएचओको गल्तीकै कारण विश्वभर कोरोना भाइरसका कारण धेरैले ज्यान गुमाइरहेको ट्रम्पको तर्क छ।

डब्लुएचओ संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय हो भने अमेरिका यसको एकमात्र ठूलो दाता राष्ट्र हो। गत वर्ष अमेरिकाले डब्लुएचओलाई ४ सय मिलियन डलर उपलब्ध गराएको थियो। यो डब्लुएचओको कूल बजेटको करिब १५ प्रतिशत हो ।

अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो अहिले। अमेरिकामा झन्डै ६ लाखमा संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या २५ हजार नाघेको छ।

यसअघि पनि अमेरिकाले डब्लुएचओको भूमिका सन्तोषजनक नभएको भनेर आलोचना गर्दा डब्लुएचओले कोरोना भाइरसको महामारीलाई लिएर कसैले पनि राजनीतिकरण गर्न नहुने प्रतिक्रिया दिएको थियो।

बीबीसी

प्रकाशित: Apr 15, 2020| 07:01 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।