भारतको राजधानी नयाँ दिल्लीमा गत महिना भएको मुस्लिम समुदायको धार्मिक सभाबाट फर्किएका दुईजना नेपालीमा कोभिड–१९ भएको आशंका गरिएको छ।
द्रूत परीक्षण अर्थात् र्यापिड डाइगोन्स्टिक टेस्टमा सप्तरीका दुईजनामा कोभिड–१९ पोजेटिभ देखिएको हो।
द्रूत परीक्षणमा पोजेटिभ देखिएपछि दोस्रो चरणमा स्वाब परीक्षण गरिन्छ। स्वाब परीक्षणमा पनि पोजेटिभ देखिए मात्रै कोभिड–१९ भएको पुष्टि हुन्छ।
उनीहरु एक महिनाअघि नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए।
भारतमा कोरोना भाइरस फैलाउन सहयोग पुगेको भनिएको मुस्लिम धार्मिक सम्मेलनमा १९ जना नेपाली सहभागी भएका थिए।