बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशभर ६ हजार चार सयको स्वाब परीक्षण, बाग्मतीमा सबैभन्दा बढी

देशभर ६ हजार चार सयको स्वाब परीक्षण, बाग्मतीमा सबैभन्दा बढी

कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमणको आशंकामा देशभर झण्डै ६ हजार चार सय जनाको थ्रोट स्वाबको नमुना परीक्षण गरिएको छ।
 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

काठमाडौं– कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमणको आशंकामा देशभर झण्डै ६ हजार चार सय जनाको थ्रोट स्वाबको नमुना परीक्षण गरिएको छ।

देशका सातै प्रदेशमा  मंगलबार दिउँसोसम्म ६ हजार तीन सय ८६ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य संस्थाले जनाएका छन्। तीमध्ये १६ जनामा कोरोना संक्रमण पाइएको छ।

चिकित्सकका अनुसार थ्रोट स्वाबको नमुना पीसीआर प्रविधिबाट जाँच गरिन्छ।

पछिल्लो समय देशभरका सातै प्रदेशमा स्वाब परीक्षण भइरहेको छ।

प्रदेश १ मा १८७ को परीक्षण, संक्रमित भेटिएनन्

प्रदेश १ मा अहिलेसम्म एक सय ८७ जनाको स्वाब नमुना परीक्षण गरिएको छ। तीमध्ये कुनैमा पनि संक्रमण नदेखिएको बताइएको छ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज (मंगलबार) चार जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ।

प्रदेश २ मा ४६ को परीक्षण, संक्रमित भेटिएनन

प्रदेश २ मा हालसम्म ४६ जनाको नमुना परीक्षण गरिएकोमा कोरोना संक्रमण नदेखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

बाग्मती प्रदेशमा सबैभन्दा बढी परीक्षण

बाग्मती प्रदेशमा देशभरकै सबैभन्दा बढी पाँच हजार चार सय ६२ नमुना परीक्षण गरिएको छ। जसमा काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म चार हजार आठ सय १९ परीक्षण भएका छन्।

चितवनको भरतपुरस्थित राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालामा एक सय ५६ को नमुना परीक्षण गरिएकोमा सबै रिपोर्ट नेगेटिभ देखिएको प्रवक्ता कृष्णसागर शर्माले जानकारी दिए।

मकवानपुरको हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा एक सय ५४ जनाको परीक्षण गरिएको छ।

त्यस्तै, वीर अस्पतालमा हालसम्म १६ नमुना परीक्षण गरिएको र सबैको नतिजा नेगेटिभ आएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए।

काभ्रेको धुलिखेल अस्पतालमा अहिलेसम्म तीन सय १७ नमुना परीक्षण गरिएकोमा सबै रिपोर्ट नेगेटिभ आएको कोभिडका फोकल पर्सन डा. सुमन ताम्राकारले जानकारी दिए।

गण्डकीमा ३३५ को नतिजा आयो, संक्रमण देखिएन

गण्डकीमा हालसम्म तीन सय ४२ जनाको नमुना संकलन गरिएकोमा तीन सय ३५ को नतिजा आएको छ। नतिजा आएका सबैमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य निर्देशनालय, गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।

प्रदेश ५ मा ७९ जनाको रिपोर्ट नेगेटिभ, १ को मात्रै आउन बाँकी

प्रदेश ५ मा मंगलबारसम्म ८० नमुना संकलन गरिएकोमा ७९ को रिपोर्ट आएको छ। तीमध्ये सबैको रिपोर्ट नेगेटिभ देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। १ को रिपोर्ट भने आउन बाँकी छ।

कर्णालीमा भेटिएनन् संक्रमित 

कर्णालीमा एक सय ३८ जनाको स्वाब परीक्षण गरिएको छ। सबैको रिपोर्ट नेगेटिभ देखिएको कर्णाली स्वास्थ्य निर्देशनालय, सुर्खेतले जनाएको छ।

त्यहाँ सात सय २९ जनाको र्‍यापिड टेस्ट गरिएको र सबैको रिपोर्ट नेगेटिभ देखिएको निर्देशनालयले जनाएको छ।

सुदूरपश्चिममा १३९ नमुना परीक्षण, सबै नेगेटिभ

सुदूरपश्चिममा एक सय ३९ जनाको परीक्षण गरिएकोमा सबै रिपोर्ट नेगेटिभ देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक अस्मिता सापकोटाले जानकारी दिइन्।

 

प्रकाशित: Apr 14, 2020| 19:50 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।