बिहीबार, भदौ ४, २०८३

विपन्नलाई खाद्यान्न सहयोग

कोरोना संक्रमण रोकथाम गर्न लागू गरिएको ‘लकडाउन’ लम्बिँदै जाँदा गरिब तथा विपन्नहरु समस्यामा पर्न थालेका छन्।
 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

जनकपुरधाम- कोरोना संक्रमण रोकथाम गर्न लागू गरिएको ‘लकडाउन’ लम्बिँदै जाँदा गरिब तथा विपन्नहरु समस्यामा पर्न थालेका छन्।

स्थानीय तहहरुले नामावली संकलन गरेपनि कतिपय गरिब तथा विपन्न परिवारहरुले राहत पाउन सकेको छैनन्।

सरकारी राहत कुरेर बसेका गरिब तथा विपन्न परिवारहरुलाई जनकपुरका समाजसेवी दीपेन्द्र ठाकुरले खाद्यान्न सहयोग गरेका छन्।

जनकपुरका दर्जनौं गरिब तथा विपन्न परिवारहरुलाई खाद्यान्नलगायतका सामग्री सहयोग गरिसकेका ठाकुरले मंगलबार महोत्तरीको विभिन्न गाउँ पुगेर सहयोग गरेका छन्।

ठाकुरले महोत्तरीको पिपरा गाउँपालिकाको दोनौली, पिपरा गाउँपालिकाको मुकाम पिपरा, जलेश्वर नगरपालिकाको सारी र जनकपुरस्थित यज्ञवल्क्य संस्कृत विद्यालयमा खाद्यान्न सामग्री सहयोग गरेका छन्।

मंगलबार ५० भन्दा बढी घुरधुरी गरिब तथा विपन्नहरुलाई चामल, दाल, आलु, खाने तेल, नुनलगायतका सामग्री वितरण गरिएको उनले जनाएका छन्।

लम्बिँदै गरेको ‘लकडाउन’ का कारण गरिब तथा विपन्न परिवारहरु समस्यामा परेको देखेपछि केही भएपनि सहयोग गर्ने उद्देश्यले खाद्यान्न सामग्री वितरण गरेको उनले बताए।

प्रकाशित: Apr 14, 2020| 19:46 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।