काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित सडकमा बा.२ ख ५१७७ नम्बरको ट्याङ्करको ठक्करबाट एकजनाको मृत्यु भएको छ।
मंगलबार बिहान काभ्रे चौरीदेउराली गाउँपालिका–३ घर भई हाल तारकेश्वर–११ मा ठाउँ बस्ने साइकलयात्री ५५ वर्षीय विष्णु प्रसाद चौलागाईको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका साइकलयात्री चौलागाईको ग्रिनसिटी अस्पताल सामाखुशीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैबीच नवलपरासी (पूर्व), विनयी त्रिवेणी गाउँपालिका–३ कटुसघारीस्थित सडकमा लु.३ त ९१८३ नम्बरको ट्याक्टरबाट मंगलबार दिउँसो खसेर ट्याक्टरमा सवार बारा जितपुर सिमारा भई सोही ठाउँ बस्ने २६ वर्षीय प्रमेन्द्र चौधरीको मृत्यु भएको छ।
ट्याक्टरबाट अचानक खस्न गई गम्भीर घाइते भएका चौधरीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।