बिहीबार, भदौ ४, २०८३

सुलभ अग्रवाल थप पाँच दिन हिरासतमा

देशले दैनिक १६ घण्टा लोडसेडिङ खेपिरहेका बेला शंकर समूहको जगदम्बा स्टिलले डेडिकेटेड लाइन लिएबापतको करिब अढाई अर्ब रुपैयाँ बक्यौता विद्युत् प्राधिकरणलाई तिर्न बाँकी छ।
 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

काठमाडौं– कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल थप पाँच दिन हिरासतमा बस्नुपर्ने भएकाे छ।

अग्रवाल गत मंगलबार ६७ थान थर्मल गनसहित काठमाडौंको नक्सालबाट पक्राउ परेका थिए। बजार मूल्य बढीमा पाँच हजार पर्ने थर्मल गन उनले १५ हजारमा बिक्री गरेको प्रहरीले जनाएको छ। उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएकाे हाे।

अग्रवालले चीनबाट २० हजार थान थर्मल गन ल्याएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ।

उनी किर्गिस्तानका अवैतनिक महावाणिज्य दूत हुन्। प्रहरीले उनलाई कूटनीतिक नियोगको २०९ एचसीसी १ नम्बरको गाडीसहित २६ चैतमा नियन्त्रणमा लिएको थियो।

अग्रवाल पक्राउ परेसँगै परराष्ट्र मन्त्रालयले अन्य देशका महावाणिज्यदूतले पाउँदै आएको झण्डावाल गाडीसहितको सुविधा पनि खाेसेकाे छ। 

प्राधिकरणको बक्यौतादेखि गुणस्तरहीन स्टिल उत्पादनसम्म

वार्षिक अर्बौं कारोबार गर्ने व्यावसायिक घराना शंकर समूहका उपाध्यक्ष सुलभ अग्रवालले देश कोरोना महामारीबाट आक्रान्त भएका बेला स्वास्थ्य उपकरणमा कालोबजारी गर्दागर्दै पक्राउ परेका हुन्।

अग्रवाल नेपाल उद्योग परिसंघका उपाध्यक्षसमेत हुन्। देशले दैनिक १६ घण्टा लोडसेडिङ खेपिरहेका बेला शंकर समूहको जगदम्बा स्टिलले लोडसेडिङका बेला डेडिकेटेड लाइन लिएबापतको करिब अढाई अर्ब रुपैयाँ बक्यौता विद्युत प्राधिकरणलाई तिर्न बाँकी छ।

लोडसेडिङका बेला प्राधिकरणको नेतृत्वसँग ‘सेटिङ’ मिलाएर डेडिकेटेड फिडर लिएको उनी नेतृत्वको समूहमाथि आरोप छ।

कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक भएपछि बक्यौता उठाउन खोजे पनि समूहको पहुँच र सरकारी हस्तक्षेपका कारण उठ्न सकेको छैन।

केही वर्षअघि कवाडी कच्चा पदार्थ प्रयोग गरेर गुणस्तरहिन स्टिल उत्पादन गरेको आरोपमा सरकारी निकायबाट कारबाही भोगेको जगदम्बा स्टिल नक्कली भ्याट बिल प्रकरणमा पनि जोडिएको थियो।

प्रकाशित: Apr 14, 2020| 16:36 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।