बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुनसरीको क्वारेन्टाइनबाट भागे भारतीय युवा, भन्छन्– खान पाइएन

सुनसरीको क्वारेन्टाइनबाट भागे भारतीय युवा, भन्छन्– खान पाइएन

सुनसरीकाे इटहरीस्थित क्वारेन्टाइनबाट राखिएका भारतीय युवा मंगलबार भागेका छन्।
 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

इटहरी– सुनसरीकाे इटहरीस्थित क्वारेन्टाइनबाट राखिएका भारतीय युवा मंगलबार भागेका छन्।

इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका ती युवाले खान नपाएको भन्दै भागेको स्थानीयसँग बताएका छन्।

अर्ध नग्नरूपमा भागेर गाउँ पुगेका उनलाई नेपाली सेनाले समातेको हो।

क्वारेन्टाइनमा उनीसँगै २० जना राखिएको क्याम्पस व्यवस्थापन समिति सदस्य प्रमोद भट्टराईले जानकारी दिए।

स्थानीय सरकारले क्वारेन्टाइनको जिम्मेवारी लिएर व्यवस्थापन गर्न नसक्दा स्थानीय त्रसित र आक्रोशित भएको भट्टराईले बताए।

ती युवाले भिडियोमा पनि क्वारेन्टाइनमा आफूले खान नपाएर भागेका बताएका छन्। उक्त भिडियो क्याम्पस व्यवस्थापन समिति भट्टराईले खिँचेका हुन्। ती युवाको भिडियो भट्टराईले खिँचेका थिए। ती युवा भिडियोमा चाउचाउ खाँदै छन्।  

इटहरीका मेयर द्वारिकालाल चौधरीका प्रेस संयोजक लीलाराज भट्टराईले भने क्वारेन्टाइनमा ‘खान नपाएको’ भन्नु गलत भएको बताए। उनले भने, “क्वारेन्टाइनमा सबै व्यवस्था छ। खान नपाउनु भन्नु भाग्नेको बहाना मात्रै हो।”

प्रकाशित: Apr 14, 2020| 16:15 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।