बिहीबार, भदौ ४, २०८३

सबैभन्दा लामो लकडाउन चीनमा, तेस्रोमा नेपाल

कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि सबैभन्दा लामो बन्दाबन्दी (लकडाउन) चीनमा भएको छ भने दोस्रोमा भारत र तेस्रोमा नेपाल।
 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि सबैभन्दा लामो बन्दाबन्दी (लकडाउन) चीनमा भएको छ भने दोस्रोमा भारत र तेस्रोमा नेपाल।

कोरोनाको उद्गमस्थल चीनको वुहानमा सबैभन्दा धेरै लकडाउन भएको छ। त्यहाँ ७६ दिनको लकडाउन गत साता बुधबार खुलेको थियो।

भारतमा ४२ दिनका लागि लकडाउन घोषणा गरिएको छ। त्यहाँ सुरुमा २१ दिनका लागि लकडाउन गरिएकोमा आज पुनः २१ दिन थपेर ४२ दिन पुर्याइएको छ।

त्यसपछि लामो लकडाउन नेपालमा लागू गरिएको छ। आज थप भएको सहित नेपालमा लकडाउनको अवधि ३५ दिन पुगेको छ। सुरुमा चैत ११ गते एक साताका लागि लकडाउन लागू गरिएकोमा पटकपटक थपेर ३५ दिन पुर्याइएको हो।

गएको डिसेम्बर अन्तिम साता पहिलोपटक भाइरस देखा परेको चीनमा ३३ सयभन्दा बढीको मृत्यु भयो भने करिब ८३ हजार संक्रमित भए।

भारतमा १० हजारभन्दा बढी संक्रमित भएका छन् भने ३५८ जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म १६ जनामा संक्रमण पुष्टि भएको छ भने मृत्यु कसैको भएको छैन।

प्रकाशित: Apr 14, 2020| 15:50 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।