बिहीबार, भदौ ४, २०८३

वैशाख १५ सम्म बढाइयाे लकडाउन

सरकारले कोरोना भाइरस रोग (कोभिड–१९) रोकथामका लागि जारी लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ।
 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

काठमाडौं– सरकारले कोरोना भाइरस रोग (कोभिड–१९) रोकथामका लागि जारी लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो। 

यसअघि सरकारले गत चैत ११ गते एक साताका लागि लकडाउन गरेको थियो। पछि  उक्त अवधि बढाएर वैशाख ३ गतेसम्म पुर्‍याइएको थियो।

छिमेकी भारत र नेपालमा समेत संक्रमण बढ्दै गएपछि सरकारले बन्दाबन्दीको समय पनि बढाउँदै लगेको छ। भारतमा २१ वैशाखसम्म लकडाउन गरिएको छ।

नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ। आज मात्रै थप दुई जनामा संक्रमण भएको पुष्टी भएको हो।

प्रकाशित: Apr 14, 2020| 15:14 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।