बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १५ वैशाखसम्म बन्दाबन्दी गर्ने मन्त्रिपरिषदको निर्णय

१५ वैशाखसम्म बन्दाबन्दी गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले थप १२ दिन बन्दाबन्दी (लकडाउन) बढाउने निर्णय गरेको छ।
 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

काठमाडौं– सरकारले थप १२ दिन बन्दाबन्दी (लकडाउन) बढाउने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषदको बैठकले १५ वैशाखसम्म बन्दाबन्दी जारी राख्ने निर्णय गरेको हो।

यसअघि सरकारले ११ चैतमा एक हप्ताका लागि बन्दाबन्दी गरेको थियो। त्यसपछि २५ चैत हुँदै ३ वैशाख पुर्‍याइएको थियो।

विश्व्यापी महामारी कोभिड–१९ को जोखिम कम गर्न सरकारले पहिलो पटक ११ चैतदेखि एक हप्ताको लागि बन्दाबन्दी गरेको थियो।

छिमेकी भारत र नेपालमा समेत संक्रमण बढ्दै गएपछि सरकारले बन्दाबन्दीको समय पनि बढाउँदै लगेको छ।

नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ। आज मात्रै थप दुई जनामा संक्रमण भएको पुष्टि भएको हो।

प्रकाशित: Apr 14, 2020| 15:14 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।