बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सनसिटी अपार्टमेन्टबाट अस्पताल लगिएकामध्ये दुई जनामा मात्रै कोरोना पुष्टि

सनसिटी अपार्टमेन्टबाट अस्पताल लगिएकामध्ये दुई जनामा मात्रै कोरोना पुष्टि

 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

काठमाडौं- काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टबाट कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएका ३ जनामध्ये दुईजनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ।

लण्डनबाट आएका ३ जनाको सोमबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा दुईजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो। पोजेटिभ देखिएकामा ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला छन्। अर्का एकजनाको भने र्‍यापिड टेष्टमा नेगेटिभ देखिएको थियो।

उनीहरु सबैको राष्ट्रिय प्रयोगशाला टेकुमा पीसीआर पद्धतिबाट पुन: परीक्षण गर्दा २ जनाको मात्रै पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।

अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना पोजेटिभ देखिएपछि त्यहाँ बस्ने अरु व्यक्तिको पनि परीक्षण सुरु गरिएको छ। साथै उनीहरुसँग भेटघाट भएकाहरुको ट्रेसिङ सुरु गरिएको मन्त्रालयले जनाएको छ।

 

प्रकाशित: Apr 14, 2020| 13:57 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।