कञ्चनपुरको बेदकोट नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनबाट फरार भएका दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्वारेन्टाइनमा रहेका २३ जनामध्ये २ जना सोमबार राति छतबाट हामफालेर भागेका थिए। बेदकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रामसिंह धामीका अनुसार दुवैजना बेदकोट नगरपालिका वडा नम्बर ९ का बासिन्दा हुन् ।
प्रहरी टोलीले खोजतलास गर्दा आफ्नै घर पछाडिको झाडीमा लुकिरहेको अवस्थामा आज बिहान ९ नियन्त्रणमा लिएको र उनीहरु दुबै जनालाई ल्याएर पुनः सोही क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेका ५ जना कोरोना संक्रमित मध्ये एक जना बेदकोट नगरपालिका १० मा रहेको सिसैया क्वारेन्टाइनमा बसेका ब्यक्ति हुन्।