बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउन लागू गराउने प्रहरीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ

लकडाउन लागू गराउने प्रहरीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ

जनकपुरधाम– लकडाउन पालना गराउने क्रममा सिरहाको पटेर्वामा सोमबार साँझ भएको घटनामा संलग्न १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन पालना गराउने क्रममा गस्तीमा रहेका प्रहरीमाथि आक्रमण गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

जनकपुरधाम– लकडाउन पालना गराउने क्रममा सिरहाको पटेर्वामा सोमबार साँझ भएको घटनामा संलग्न १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन पालना गराउने क्रममा गस्तीमा रहेका प्रहरीमाथि आक्रमण गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले झडपमा संलग्नमध्ये १३ जना स्थानीयलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । ‘घटनामा संलग्न मध्ये १३ जनालाई नियन्त्रणमा लिएका छौं, अन्यको खोजी भइरहेको छ,’ एसपी चतुर्वेदीले भने । अहिले पटेर्वाको स्थिति नियन्त्रणमा रहेको उनले बताए । चतुर्वेदीले घटनास्थलमा प्रहरीले गस्ती गरिरहेको जानकारी दिए ।

सिरहाको सिरहा नगरपालिका–१७ पटेर्वामा लकडाउन उल्लंघन नगर्न सम्झाइ बुझाइ गरिरहेको अवस्थामा प्रहरीमाथि ढुंगामुढा हुँदा दोहरो झडप भएको थियो । झडप साम्य पार्न प्रहरीले २३ राउण्ड हवाइ फायर गरेको थियो ।

झडपको क्रममा स्थानीयले गरेको ढुंगामुढमा परी तीनजना प्रहरी घाइते भएका छन् भने प्रहरीको दुइटा गाडीमा क्षति पुगेको छ । घटनापछि त्यहाँका अधिकांश व्यक्तिहरु फरार रहेको बताइएको छ ।

प्रकाशित: Apr 14, 2020| 11:26 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।