बिहीबार, भदौ ४, २०८३

इटहरीमा आजदेखि द्रूत परीक्षण 

 सुनसरीको इटहरी अस्पतालमा मंगलबारदेखि कोभिड १९ को तीव्र निदानात्मक परीक्षण हुने भएको छ।
 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

इटहरी- सुनसरीको इटहरी अस्पतालमा मंगलबारदेखि कोभिड १९ को तीव्र निदानात्मक परीक्षण हुने भएको छ।

अस्पतालका इमर्जेन्सी विभाग प्रमुख रामकुमार धमलाका अनुसार यस्तो परीक्षण विदेशबाट आएकालाई गरिनेछ। स्थानीय सरकारको तथ्यांकअनुसार इटहरीमा लकडाउन सुरु हुनुअगाडिका दुई सातामा ११० नेपाली विदेशबाट आएका छन्।

दैनिक कम्तीमा दर्जन हाराहारीको परीक्षण गर्ने अस्पतालको तयारी छ। यसका लागि आवश्यक किट तथा पीपीई आइसकेको छ। पाँच आइसोलेसन बेड भएको इटहरी अस्पतालमा ३ एमबबीबीएस डाक्टरसहित ४६ स्वास्थ्यकर्मी छन्।

अस्पतालले इटहरीको जनता बहुमुखी क्याम्पसमा १०० बेड क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ। तर क्वारेन्टाइनमा अहिलेसम्म कसैलाई भर्ना गरिएको छैन।

प्रकाशित: Apr 14, 2020| 11:05 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।