बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा कोरोना संक्रमण दोब्बर, एकैदिनमा १२४८ संक्रमित

भारतमा कोरोना संक्रमण दोब्बर, एकैदिनमा १२४८ संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ४८ जना नयाँ संक्रमित थपिएका छन् भने २७ जनाको मृत्यु भएको छ ।
 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा ह्वात्तै बढेको छ ।

पछिल्लो २४ घण्टामा (सोमबार) १ हजार २ सय ४८ जना नयाँ संक्रमित थपिएका छन् भने २७ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोनाबाट १० हजार ४ सय ५३ जना संक्रमित भएको पुष्टि भएको छ भने ३ सय ५८ जनाको मृत्यु भएको छ ।

आइतबार भारतमा ७ सय ५९ जना कोरोना संक्रमित भेटिएका थिए भने ४३ जनाको मृत्यु भएको थियो । यस्तै शनिबार ८ सय ४६ जना नयाँ कोरोना संक्रमित भेटिदा ३९ जनाको मृत्यु भयो ।

भारतमा पछिल्लो एक सातमामा कोरोनाको संक्रमण दोब्बरभन्दा बढिले बढेको छ । एक साताअघि अर्थात ६ अप्रिलमा भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ हजार ७ सय ६८ थियो । एक सातापछि १३ अप्रिलमा यो संख्या ५ हजार ४ सय ८० ले बढेर १० हजार ४ सय ५३ पुगेको छ ।

मृत्युदर झनै बढि देखिएको छ । पछिल्लो एक सातामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या करिब तेब्बरले बढेको छ । एक साताअघि अर्थात ६ अप्रिलमा भारतमा कोरोनाबाट १३६ जनाको मृत्यु भएको थियो । एक सातापछि यो संख्या २२२ ले बढेर ३५८ पुगेको छ ।

प्रकाशित: Apr 14, 2020| 08:28 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।