बिहीबार, भदौ ४, २०८३

लकडाउन भोलि सकिँदै, थप्ने–नथप्ने निर्णय आज हुने

कोरोना भाइरसका कारण देशभर लागू भएको बन्दाबन्दी (लकडाउन) भोलि (बुधबार) देखि सकिँदैछ।
 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

कोरोना भाइरसका कारण देशभर लागू भएको बन्दाबन्दी (लकडाउन) भोलि (बुधबार) देखि सकिँदैछ। पछिल्लोपटक चैच २५ गते थपिएको एक साताको समय भोलिबाट सकिनेछ।

पहिलोपटक चैत ११ गतेदेखि एक साताका लागि लागू भएको लकडाउन पटकपटक गरी वैशाख ३ गतेसम्मका लागि लागू भएको थियो।

पछिल्ला केही दिनयता कोरोनाका नयाँ संक्रमित देखा परिरहेकाले लकडाउनको समय अझै थपिनसक्ने सम्भावना पनि छ।

सोमबारसम्ममा कोरोना संक्रमितको संख्या १४ पुगेको छ भने काठमाडौंको एक अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनजनामा पहिलो परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षण गरिँदैछ। सरकारले पछिल्लो साता परीक्षणको दायरा फराकिलो बनाएको छ।

आज बिहान ११ बजे बस्ने मन्त्रिपरिषेद बैठकले लकडाउन थप्ने वा अन्त्य गर्ने निर्णय गर्नेछ। अझै एक साता थपिए लकडाउनको अवधि एक महिना पुग्नेछ।

प्रकाशित: Apr 14, 2020| 07:39 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।