बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना भाइरसबाट १९ लाखभन्दा बढी संक्रमित, डब्लुएचओ भन्छ- भ्याक्सिनबिना नियन्त्रण सम्भव छैन

कोरोना भाइरसबाट १९ लाखभन्दा बढी संक्रमित, डब्लुएचओ भन्छ- भ्याक्सिनबिना नियन्त्रण सम्भव छैन

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या विश्वभर १ लाख १९ हजार नाघेको छ। सबैभन्दा बढी अमेरिकामा २३ हजार ६१८ जनाको मृत्यु भएको छ।
 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या विश्वभर १ लाख १९ हजार नाघेको छ। सबैभन्दा बढी अमेरिकामा २३ हजार ६१८ जनाको मृत्यु भएको छ।

इटालीमा २० हजार ४६५ जनाको मृत्यु भएको छ भने स्पेनमा १७ हजार ७५६ जनाले ज्यान गुमाइसकेका छन्।

फ्रान्समा १४ हजार ९६७ र बेलायतमा ११ हजार ३२९ जनाको मृत्यु भएको तथ्यांक छ।

गएको डिसेम्बर अन्तिम साता चीनको वुहानमा पहिलो संक्रमण देखिएयता विश्वभर १९ लाखभन्दा बढी मानिसलाई कोरोना लागेको छ र यो संख्या बढ्दो क्रममा छ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) ले भ्याक्सिनको विकास गर्न नसकिएसम्म कोरोना भाइरस नियन्त्रणमा आउन नसक्ने बताएको छ। भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने ठहर डब्लुएचओले गरेको हो।

डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक भएको बताउँदै यसलाई रोक्न प्रभावकारी भ्याक्सिनको आवश्यकतामा जोड दिएका छन्।

साढे चार महिना बितिसक्दा पनि न यसको औषधि पत्ता लगाउन सकिएको छ न भ्याक्सिन नै बनेको छ।

प्रकाशित: Apr 14, 2020| 06:41 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।