बिहीबार, भदौ ४, २०८३

कोरोनाबाट एक लाख १५ हजारको मृत्यु (कुन महादेशमा कति ?)

पछिल्लाे विवरणअनुसार सबैभन्दा प्रभावित युराेप छ। त्यसपछि उत्तर अमेरिका र एसिया छ। 
 |  सोमबार, वैशाख १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १, २०७७

पेरिस- कोरोना भाइरस संक्रमणका कारण सोमबार साँझसम्ममा विश्वभर एक लाख १५ हजार २७९ जनाको मृत्यु भएको छ। संक्रमितको संख्या १८ लाख ६७ हजार १३० पुगेको छ। पछिल्लाे विवरणअनुसार सबैभन्दा प्रभावित युराेप छ। त्यसपछि उत्तर अमेरिका र एसिया छ। 

युरोप

युरोपमा कूल संक्रमितको संख्या आठ लाख ९१ हजार १०२ छ भने यहाँ ७७ हजार ६०१ जनाले ज्यान गुमाएका छन्। स्पेनमा संक्रमितको संख्या सबैभन्दा बढी एक लाख ६९ हजार ४९६ छ भने यहाँ संक्रमणका कारण १७ हजार ४८९ जनाले ज्यान गुमाएका छन्।

स्पेनपछि इटालीमा एक लाख ५६ हजार ३६३ जना संक्रमित छन् भने १९ हजार ८९९ जनाको मृत्यु भएको छ। इटलीमा मृत्यु हुनेको सङ्ख्या स्पेनमा भन्दा बढी छ।

तेस्रो प्रभावित मुलुक फ्रान्समा कोभिड–१९ बाट एक लाख ३२ हजार ५९१ जना संक्रमित रहेकोमा १४ हजार ३९३ जनाले ज्यान गुमाएका छन्। निको भएर घर फर्किनेको संख्या २७ हजार १८६ छ।

जर्मनीमा एक लाख २७ हजार ८५४ संक्रमित छन् भने तीन हजार २२ जनाको मृत्यु भएको छ। संयुक्त अधिराज्य (बेलायत) मा संक्रमित ८४ हजार २८९ छन् भने मृत्यु भएकाको संख्या १० हजार ६१२ छ।

अन्य बढी प्रभावित मुलुकमा बेल्जियम, नेदरल्यान्डस्, स्विट्जरल्यान्ड र रूस छन्। युरोपका कतिपय मुलुकहरूमा यो सातादेखि संक्रमणका कारण मृत्यु हुनेको संख्यामा कमी आउन थालेको छ।

उत्तर अमेरिका

उत्तर अमेरिकामा कोरोनाबाट संक्रमितको संख्या सोमबार साँझसम्म पाँच लाख ९८ हजार ८९३ पुगेको छ भने यस भाइरसका कारण मृत्यु हुनेको संख्या २३ हजार ५०९ छ।

संयुक्त राज्य अमेरिकामा मात्रै पाँच लाख ६० हजार ४३३ संक्रमित छन् भने मृत्यु हुनेको संख्या २२ हजार ११५ छ। क्यानडामा संक्रमितको संक्रमित २४ हजार ३८३ छ भने ७१७ जनाको मृत्यु भएको छ। त्यस्तै मेक्सिकोमा चार हजार ६६१ जना संक्रमित छन् भने २९६ जनाको मृत्यु भएको छ।
अन्य बढी प्रभावित मुलुकमा पानामा र डोमिनिकन रिपब्लिक छन्।

दक्षिण अमेरिका

दक्षिण अमेरिकामा कोरोनाबाट संक्रमितको संख्या ५० हजार ७८४ रहेको छ भने मृत्यु हुनेको संख्या दुई हजार १०८ छ । यस महादेशमा सबैभन्दा बढी सङ्क्रमित ब्राजिलमा छन्।

ब्राजिलमा २२ हजार ३१८ जनामा संक्रमण पुष्टि भएको छ भने यसबाट एक हजार २४१ जनाको मृत्यु भएको छ।
ब्राजिलपछि दक्षिण अमेरिकी मुलुकहरू पेरू, इक्वेडर र चिलीमा संक्रमितको संख्या सात हजारभन्दा बढी छ भने ती मुलुकमा मृत्यु हुनेको संख्या क्रमशः १९३, ३३३ र ८० छ।

यस्तै कोलम्बियामादुई हजार ७७६ संक्रमित छन् भने मृत्यु हुनेको संख्या १०९ छ। अर्जेन्टिनामा दुई हजार २०८ जना संक्रमित रहेकोमा ९५ जनाको मृत्यु भएको छ।

एसिया

एसियामा कोरोनाबाट संक्रमितको संख्या सोमबार साँझसम्म तीन लाख तीन हजार ४७ छ भने ११ हजार १९५ जनाको मृत्यु भएको छ।

एसियामा कोरोनाबाट सुरुमा सबैभन्दा बढी प्रभावित मुलुक चीन हो। यद्यपि यहाँ लगभग नियन्त्रणको अवस्थामा देखिएको छ।
चीनमा संक्रमितको संख्या ८२ हजार १६० छ भने तीन हजार ३४१ जनाले ज्यान गुमाएका छन्।

एसियाली मुलुक इरान पछिल्लो समय संक्रमण बढी प्रभावित मुलुक हो। इरानमा कुल संक्रमितको संख्या ७३ हजार ३०३ रहेकोमा यसका कारण चार हजार ५८५ जनाको मृत्यु भएको छ।

इरानपछि बढी प्रभावित मुलुकहरूमा इजरायल, दक्षिण कोरिया, भारत जापान र पाकिस्तान छन्। इजरायलमा संक्रमित (११ हजार २३५) र संक्रमणका कारण मृत्यु हुनेको संख्या (११०) छ।

दक्षिण कोरियामा १० हजार ५३७ संक्रमित र २१७ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
भारतमा पछिल्ला दिनमा संक्रमितको संख्या बढ्ने क्रम देखिएको र अहिलेसम्ममा कुल नौ हजार २४० जनामा संक्रमण पुष्टि भएको छ भने ३३१ जनाको मृत्यु भएको छ।

जापानमा सात हजार ३७० जनामा संक्रमण देखिएको छ भने १२३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा कोरोना भाइरसका कारण पाँच हजार ३७४ संक्रमति छन् भने ९३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।

साउदी अरबमा चार हजार ९३४, फिलिपिन्समा चार हजार ९३२, मलेसिया चार हजार ८१७, इन्डोनेसिया चार हजार ५५७, यूएईमा चार हजार १२३, कतारमा तीन हजार २३१ संक्रमित रहेको बताइएको छ।

दक्षिण एसियाली मुलुकहमा भारत र पाकिस्तान बाहेक अन्य मुलुकमा संक्रमितको सङ्ख्या खासै ठूलो देखिएको छैन। बांग्लादेशमा ८०३, श्रीलंकामा २१४, भुटानमा पाँच, नेपालमा १५, अफगानिस्तानमा ६६५, मालदिभ्समा २० जना संक्रमित छन्। बांग्लादेशमा ३९, अफगानिस्तानमा २१ र श्रीलंकामा सात जनाको मृत्यु भएको छ।

अफ्रिका

अफ्रिकामा जम्मा १५ हजार २१० जनामा संक्रमण रहेको र ७९५ जनाको मृत्यु भएको छ। यहाँका बढी प्रभावित मुलुकमा दक्षिण अफ्रिका, इजिप्ट, अल्जेरिया र मोरक्कोमा एक हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ।

ओसेनिया

सबैभन्दा बढी प्रभावित मुलुक अस्ट्रेलियामा छ हजार ३५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ६१ जनाको मृत्यु भएको छ। न्युजिल्यान्डमा एक हजार ३४९ जना संक्रमति छन् भने पाँच जनाको मृत्यु भएको छ। -एएफपी/रासस

प्रकाशित: Apr 13, 2020| 22:44 सोमबार, वैशाख १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।