बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउन उल्लंघन गर्दा २३ राउन्ड हवाई फायर, ३ प्रहरी घाइते

लकडाउन उल्लंघन गर्दा २३ राउन्ड हवाई फायर, ३ प्रहरी घाइते

स्थानीयले लकडाउन उल्लंघन गर्न खाेजेपछि साेमबार साँझ प्रहरीसँग झडप भएकाे छ।
 |  सोमबार, वैशाख १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १, २०७७

जनकपुरधाम- स्थानीयले लकडाउन उल्लंघन गर्न खाेजेपछि साेमबार साँझ प्रहरीसँग झडप भएकाे छ। सिरहाको सिरहा नगरपालिका–१७ स्थित पटेर्वामा प्रहरी र स्थानीयबीच साँझ ८ बजेतिर झडप भएको हो। घटनामा तीनजना प्रहरी घाइते भएका छन्। 

झडप नियन्त्रणमा लिन प्रहरीले २३ राउन्ड हवाई फायर गरेको छ। ‘लकडाउन’ पालना गराउन गएको प्रहरीमाथि अचानक ढुंगामुढा भएपछि स्थिति नियन्त्रणमा लिन २३ राउन्ड हवाई फायर गर्नुपरेको सिरहाका एसपी उमाप्रसाद चुतुर्वेदीले जानकारी दिए।

‘‘मानिस भीडभाड गरेर बसेको खबर आयो। घरभित्रै बस्न सम्झाइबुझाइ गर्दा उनीहरुले अचानक आक्रमण गरे,’ एसपी चतुर्वेदीले भने, ‘स्थिति साम्य पार्न प्रहरीले हवाइ फायर गर्नुपर्यो।’

‘सुरुमा त्यहाँ कमै संख्यामा प्रहरी पुगेको थियो, उनीहरुले आक्रमण गरेपछि जिल्लाबाट थप टोली पठाएर स्थिति नियन्त्रणमा लिनु पर्यो,’ उनले भने।
स्थिति नियन्त्रणमा लिई ढुंगामुढामा संलग्न व्यक्तिको खोजी भइरहेको उनले बताए।

प्रकाशित: Apr 13, 2020| 21:05 सोमबार, वैशाख १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।