बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य सुरक्षाप्रति संवेदनशील हुन सर्वोच्चको निर्देशन

स्वास्थ्य सुरक्षाप्रति संवेदनशील हुन सर्वोच्चको निर्देशन

सर्वोच्च अदालतले लकडाउन अवधिभर जिल्ला र उच्च अदालतमा मुद्दा प्रवाह व्यवस्थापन गर्न चौबीसबुँदे निर्देशन जारी गरेको छ।
 |  सोमबार, वैशाख १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १, २०७७

काठमाडौं- सर्वोच्च अदालतले लकडाउन अवधिभर जिल्ला र उच्च अदालतमा मुद्दा प्रवाह व्यवस्थापन गर्न चौबीसबुँदे निर्देशन जारी गरेको छ।

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रर नृपध्वज निरौलाले सोमबार जारी गरेको निर्देशनमा कोरोना भाइरसको महामारीको विशेष अवस्था भएकाले जीवनको सुरक्षाप्रति विशेष संवेदनशीलता अपनाई विवेक र बुद्धिमत्ताको प्रयोग गर्न आफ्नो, सहकर्मी, सेवाग्राहीको हित र स्वास्थ्य सुरक्षाप्रति संवेदनशीलता अपनाउन भनिएको छ।

सर्वोच्चले कामका सिलसिलामा अदालत परिसरमा बस्दा दुरी कायम गर्न र भीड नगरी सावधानी अपनाउनुपर्ने मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा ७३ बमोजिम बढीमा तीन प्रतिवेदन उपरमात्र एउटा इजलासबाट सुनुवाइ गर्न निर्देशन दिएको छ।

निर्देशनअनुसार मुद्दामा बहसका लागि पक्षका काननु व्यवसायीले अधिकतम २० मिनेट समय दिने, थप बुँदा भएमा लिखित रुपमा पेस गर्नुपर्ने, कुनै कानून व्यवसायी आफैं उपस्थिति नभई इमेल वा भिडियो कन्फरेन्सबाट बहसको बुँदा प्रस्तुत गर्ने वातावरणको व्यवस्था गर्नुपर्नेछ।

अदालतमा प्रवेश गर्ने सबैका लागि पञ्जा, सानिटाइजर, मास्कको अनिवार्य प्रयोग गर्न लगाउने, न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी, प्रहरी तथा अभियुक्तलाई अदालतभित्र प्रवेश नगर्ने प्रबन्ध मिलाउनुपर्नेछ।

संयुक्त इजलासमा बस्ने न्यायाधीशहरुबीच र अरू मुद्दाका सरोकारवालाबीचको दुरी सम्भव भएसम्म एक मिटरभन्दा बढी कायम राख्ने व्यवस्था गर्ने र सवारी साधनको भीडभाड नगरी अलगअलग राख्ने व्यवस्था गर्न निर्देशनमा भनिएको छ।

पक्राउ पुर्जीको समर्थन, म्याद थप कार्य अदालत खुलेको पहिलो समय बिहान ११ बजेअघि वा बेलुकी ३/४ बजेपछिको समयमा गर्ने गरी व्यवस्था मिलाउनुपर्ने र चारजना वा सोभन्दा बढी न्यायाधीश भएको जिल्ला र उच्च अदालतमा पालोपालो गरी एक दिनमा बढीमा ५० प्रतिशत न्यायाधीश र सोहीअनुसार न्यूनतम सङ्ख्यामा कर्मचारी उपस्थित रहने व्यवस्था मिलाउन भनिएको छ।

सर्वोच्च अदालतको शुक्रबार बसेको पूर्ण बैठकले गरेको निर्णयअनुसार अदालत सो निर्देशन जारी गरेको सर्वोच्च अदालतले जनाएको छ। रासस

प्रकाशित: Apr 13, 2020| 20:48 सोमबार, वैशाख १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।