बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नाका प्रवेशमा रोक लगाएपछि भारतीयद्वारा नेपाली प्रहरीमाथि आक्रमण

नाका प्रवेशमा रोक लगाएपछि भारतीयद्वारा नेपाली प्रहरीमाथि आक्रमण

नाका बन्द रहेको बेला भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सिरहाको सीमामा झडप भएको छ ।
 |  सोमबार, वैशाख १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १, २०७७

नाका बन्द रहेको बेला भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सिरहाको सीमामा झडप भएको छ ।

सिरहाको सिरहा नगरपालिका–१९ स्थित सहोर्वा नाकाबाट भारतीयलाई प्रवेश गर्न रोक लगाएपछि उनीहरुले गस्तीमा रहेका प्रहरीमाथि ढुंगामुढा गरेका हुन् ।

भारतीयले गरेको ढुंगामुढाबाट सशस्त्र प्रहरीका तीनजना जवान घाइते भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले बताए । प्रहरी जवान राजनकुमार चौधरीको टाउकोमा चोट लागेको र तीनवटा टाँका लगाउनु परेको गुरागाईंले जानकारी दिएका छन् ।

चार पाँच पोका ल्याक्टोजिन दूध बोकेर नेपालतर्फ प्रवेश गर्न खोजेका भारतको मधुबनी बस्ने राजेन्द्रकुमार यादवलाई रोक्न खोजेपछि उनीहरुले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका प्रमुख जिल्ला अधिकारी गुरागाईंले बताएका छन् ।

'साइकलमा दुधको प्याकेट लिएर आएका उनी जबरजस्ती नेपालतर्फ प्रवेश गर्न खोजेका थिए,’ प्रमुख जिल्ला अधिकारी गुरागाईंले भने, 'नाकामा खटिएका सशस्त्र प्रहरीले उनलाई प्रवेश गर्न दिएनन् । केहीबेरपछि राजेन्द्रका छोरा मोहनकुमार यादवसहित २०२५ जनाको समूहले प्रहरीमाथि ढुंगामुढा गर्यो ।’

करिब दुई सय मिटरसम्म भित्र प्रवेश गरिसकेको उनीहरुलाई सशस्त्र प्रहरीले लाठी चार्ज गर्दै भारततर्फ पठाएको गुरागाईंले जानकारी दिए।

उनले प्रहरीको लाठी चार्जमा घाइते भएका राजेन्द्रका छोरा मोहनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सीमा क्षेत्रमा अवस्था अहिले सामान्य रहेको उनको भनाइ छ।

प्रकाशित: Apr 13, 2020| 20:36 सोमबार, वैशाख १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।