र्यापिड टेस्टमा रियाक्टिभ देखिएको बागलुङकी एक महिलाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरसको आशंका भएपछि हिजो गरिएको र्यापिड टेस्टमा ती महिलाको रिपोर्ट रियाक्टिभ (कोरोना भाइरसको संक्रमण) देखिएको थियो ।
तर पिसीआर टेष्ट गर्दा नेगेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
शर्माले भने, ‘उहाँको रिपोर्ट नेगेटिभ देखिएको छ । हिजो र्यापिड टेष्ट गर्दा रियाक्टिभ देखिएको थियो, तर पोखरामा पुनः परीक्षण गर्दा नेगेटिभ देखियो ।’