काठमाडौं- नेपालमा कोरोना भाइरसबाट थप दुई जना संक्रमित भएका छन् । सोमबार कैलालीमा एक र रौतहटमा एकजनामा संक्रमण पुष्टि भएको हो।
कैलालीकी एक ६५ वर्षीया महिला र रौतहटमा १९ वर्षीय युवकमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ती युवक केही दिनअघि भारतबाट घर आएका थिए। उनलाइ रौतहटको इशनाथ नगरपालिकाकाे क्वारेन्टाइनमा राखिएकाे थियाे।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ पुगेको छ। एक जना उपचारपछि फर्किएका छन् भने अन्य ११ जनाको उपचार भइरहेको छ। आज संक्रमितको पनि उपचार प्रक्रिया सुरु भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा बताए।
सुदूरपश्चिममा संक्रमितको संख्या पाँच पुगेको छ। पाँचै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।