बिहीबार, भदौ ४, २०८३

वीरगन्जमा तीन भारतीयको पहिलो रिपोर्ट शंकास्पद

कोरोना भाइरस ९कोभिड(१९० संक्रमण भएको आशंकामा वीरगन्जमा रहेका तीन भारतीयलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ।
 |  शनिबार, चैत २९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २९, २०७६

वीरगन्ज- कोरोना भाइरस  संक्रमण भएको आशंकामा वीरगन्जमा रहेका तीन भारतीयलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ। 
उनीहरुको स्वाब हेटौंडामा परीक्षण गर्दा पोजिटिभ वा नेगेटिभ के हो किटान गर्न नसकेपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएको छ।

हेटौंडामा शुक्रबार ३५ जनाको नमुना परीक्षण गरिएको थियो। तीमध्ये तीनजनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने खुट्याउन नसकेपछि थप परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

वीरगन्जको छपकैया र बाराको एक मस्जिदमा २४ जना भारतीय रहेको थाहा पाएपछि स्थानीयले उनीहरुको परीक्षणका लागि आग्रह गरेका थिए।
नारायणी अस्पतालमा ‘स्क्रिनिङ’का लागि आएका उनीहरुको स्वाब संकलन गरी हेटौंडास्थित प्रयोगशालामा पठाइएको थियो।

यीमध्ये छपकैयाको मस्जिदमा रहेका तीनजना भारतीयलाई शुक्रबार दिउँसोदेखि नारायणी अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ।
२४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा पठाइएकोमा तीनजनाको रिपोर्ट शंकास्पद देखिएको जानकारी आएपछि अस्पतालले उनीहरुलाई मस्जिदबाट ल्याएर आइसोलेसनमा राखेको हो।

स्थानीयका अनुसार विगत ९र१० दिन अगाडिमात्र यी धार्मिक गुरुहरु मस्जिदमा आएका थिए। तर उनीहरुले आफू भारतबाट ४ महिनाअगाडि नै नेपाल प्रवेश गरेको बताएका थिए।

प्रकाशित: Apr 11, 2020| 15:11 शनिबार, चैत २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।