बुधबार, चैत ११, २०८२

येल युनिभर्सिटीले पत्ता लगायो फाइब्रोसिसको नयाँ औषधि, कोभिड–१९ को उपचारमा सहयोगी हुनसक्ने

अमेरिकाको येल युनिभर्सिटीका अनुसन्धानकर्ताले खोजेको ‘सोबेट्रियम’ नामक औषधि कोरोना भाइरस (कोभिड– १९) का विरामीलाई हुने ‘एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम’ को रोकथाम र उपचारमा लाभदायी हुनसक्छ।
 |  शुक्रबार, चैत २८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २८, २०७६

अमेरिकाको येल युनिभर्सिटीका अनुसन्धानकर्ताले खोजेको ‘सोबेट्रियम’ नामक औषधि कोरोना भाइरस (कोभिड– १९) का विरामीलाई हुने ‘एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम’ को रोकथाम र उपचारमा लाभदायी हुनसक्छ।

National life

येल युनिभर्सिटीका शोधकर्ताहरुले फोक्सोसँग सम्बन्धित रोग ‘फाइब्रोसिस’ को रोकथाममा लाभादायी औषधि बनाएको दाबी गरेका छन्।

पल्मोनरी या लंग फाइब्रोसिस यस्तो स्थिति हो जुन फोक्सोमा घाउ वा कडापनका कारण बन्छ। फाइब्रोसिस भएपछि शरीरले पर्याप्त मात्रामा अक्सिजन पाउँदैन र सास फेर्न मुश्किल हुन्छ। यसैकारण मुटुसम्बन्धी विकार र अन्य स्वास्थ्य जटिलता उत्पन्न हुनसक्छ।

येल विश्वविद्यालयकी श्वासप्रश्वास विज्ञ नफ्ताली कमिन्सकीले फोक्सोमा हुने फाइब्रोसिसको उपचारका लागि केही वर्ष पहिलेदेखि यो औषधि निर्माणमा काम थालेकी थिइन्।

तर, हालै गरिएको अनुसन्धानबाट यो औषधि कोभिड– १९ को उपचारमा पनि लाभदायी हुने पत्ता लागेको हो।

Laxmi sunrise bank
kumari

अब डा. नफ्ताली र उनको टोलीले चाँडै यो औषधिको क्लिनिकल ट्रायलको काम सुरु गर्दैछ। क्लिनिकल ट्रायलमा औषधिको असर सुरुमा थोरै संख्याका निश्चित मानिसहरुमा गरिन्छ। त्यसपछि विस्तारै यो संख्या बढाउँदै असरको अध्ययन गरिन्छ। निश्चित प्रक्रिया पूरा गरेपछि औषधि आम विरामीमा प्रयोगका लागि फूड एण्ड ड्रग एडमिन्स्ट्रेशनले स्वीकृत गर्नुपर्छ।

सोबेट्रियम नामको यो औषधिले थायरोयड हार्मोन थेरापीले जस्तै घाउ निको पार्ने र फोक्सोका कोसको क्षमता वृद्धि गर्ने अनुसन्धानमा देखिएको छ। यो औषधिले मुटु र मांसपेशीलाई पनि नोक्सान नगर्ने यसअघि नै पुष्टी भइसकेको छ।

नाफ्ताली कमिन्सकी, येल विश्वविद्यालयको सेन्टर फर पल्मोनरी इन्फेक्शन रिसर्च एन्ड ट्रिटमेन्टका निर्देशक चाल्र्स डेला क्रुज र ड्यूक युनिभर्सिटीकी प्याटी जे लीले हालै यो औषधि एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस)को रोकथाम र उपचारमा पनि लाभदायी हुने पत्ता लगाएका हुन् ।

कोरोनाभाइरसका कारण गम्भीर विरामी भएकाहरुमा श्वासप्रश्वास सम्बन्धी विकार उत्पन्न हुन्छ। जसलाई एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम भनिन्छ।

यसमा विरामीको फोक्सो सुनिन्छ र फोक्सोमा फ्लूइड जम्मा हुन्छ। जसका कारण विरामीलाई सास फेर्न गाह्रो हुन्छ।

यस्ता विरामीलाई गहन हेरचाहसहित भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्छ। कमिन्सकीका अनुसार मुसामा गरिएको अध्ययनमा यो औषधि ‘सोबेट्रियम’ निकै प्रभावकारी प्रमाणित भएको छ। यद्यपि, कोभिड– १९ का विरामीमा यो औषधिको परीक्षण अझै भएको छैन।

कसरी काम गर्छ औषधिले

कमिन्सकीका अनुसार कोभिड– १९ को एउटा ‘गुप्त अवधि’ हुन्छ। यो अवधिमा विरामीलाई सास फेर्न गाह्रो हुँदैन र अक्सिजन कम भएको जस्तो पनि देखिंदैन। यसअघि नै विरामीको शरीरको रोगप्रतिरोधि प्रणालीले आफ्नो काम सुरु गरिसकेको हुन्छ।

यो अवधिमा विरामीबाट बच्नका लागि शरीरको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) ले तीव्र प्रतिक्रिया दिन सुरु गर्छ र रोगीको फोक्सोमा इम्युन सेल्सको तीव्र विकास हुन थाल्छ। यसलाई ‘साइटोकिन स्टोर्म’ भनिन्छ। साइटोकिन स्टोर्मका कारण रोगीको फोक्सोमा तरल जम्मा हुन सुरु गर्छ। परिणामस्वरुप विरामीलाई सास फेर्न गाह्रो हुन्छ। समस्या बढ्दै जाँदा विरामीको मृत्यु समेत हुनसक्छ।

यो औषधि ‘सोबेट्रियम’ ले शरीरमा हुने ‘साइटोकिन स्टोर्म’ नियन्त्रण गर्छ। चाँडै यौ औषधिको क्लिनिकल परीक्षण हुनेछ। किनभने कोभिड– १९ सुरु हुनुअघि जुन विरामीमा यो औषधिको परीक्षण भएको थियो त्यसबेला यो मानव शरीरका लागि पूर्ण सुरक्षित पाइएको थियो ।

 

प्रकाशित: Apr 10, 2020| 18:41 शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्