बिहीबार, भदौ ४, २०८३

अमेरिकामा गुम्याे एक करोड ६८ लाखकाे रोजगारी

कोरोना भाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्त राज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ।
 |  शुक्रबार, चैत २८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २८, २०७६

न्यूयोर्क- कोरोना भाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्त राज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ।

भाइरसका कारण अमेरिकासहित विश्वका धेरै देश बन्दाबन्दी (लकडाउन) मा छन्। अमेरिकी सरकारले बिहीबार सार्वजनिक गरेको विवरणमा गत साता बेरोजगारी प्रोत्साहन भत्ताका लागि ६६ लाख कामदारले आवेदन दिएको उल्लेख छ।

यसअघि नै १ करोडभन्दा बढीले दुई साताको अवधिमा रोजगारी गुमाएका थिए। यसको अर्थ प्रत्येक १० जना अमेरिकी कामदारमध्ये १ जनाले रोजगारी गुमाएका छन्।

यो संख्या सन् १९४८ यताकै सबैभन्दा ठूलो हो। जानकारहरुका अनुसार अझै धेरै रोजगारी गुम्ने खतरा देखिएको छ।

अप्रिलमा बेरोजगारी दर १५ प्रतिशत पुग्नेछ। र यो अवस्था विश्वव्यापी मन्दी (ग्रेट डिप्रेसन) को अवस्थापछि पहिलो पटक देखिएको हो। मिजौरीको कन्सास सहरकी ५७ वर्षीया सारोन ब्रिजम्यानले दुई साताअघि रोजगारी गुमाइन्।

उनी घरबारविहीन मानिसका लागि सेवा उपलब्ध गराउने एउटा गैरसरकारी संस्थामा कार्यरत थिइन्। “फेरि काम नपाइने हो कि भन्ने मलाई ठूलै चिन्ता लागेको छ,” उनले भनिन्, “मैले काम गर्ने मानिसको अवस्था अझ कस्तो होला ?”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो संकटपछि अर्थतन्त्रमा तुरुन्तै सुधार भइहाल्ने अवस्था छैन भनेर अडकलबाजी गर्नेहरुप्रति तिखो टिप्पणी गर्दै अमेरिकी अर्थव्यवस्था तत्कालै सही ठाउँमा आउने विश्वास व्यक्त गरेका छन्। “मेरो विचारमा अर्थतन्त्र राम्रैसँग पुनर्जीवित हुनेछ”, राष्ट्रपति ट्रम्पले भनेका छन्। 

अमेरिकी केन्द्रीय बैंकले पनि घरायसी र व्यवसायलाई लक्षित गरी २३ खर्ब डलर बराबरको सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरिसकेको छ। -एपी

प्रकाशित: Apr 10, 2020| 12:47 शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।