बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसका १२ केन्द्रीय सदस्यद्वारा सांसद विकास कोषलाई कोरोना नियन्त्रणमा प्रयोग गर्न आग्रह

कांग्रेसका १२ केन्द्रीय सदस्यद्वारा सांसद विकास कोषलाई कोरोना नियन्त्रणमा प्रयोग गर्न आग्रह

यसैगरी पूर्वपदाधिकारीले पाउने सुविधा र सुरक्षा कटौती गर्दै जनताको हितमा लगाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

काठमाडौं– नेपाली कांग्रेसका १२ जना केन्द्रीय सदस्यले सांसद् विकास कोषको रकम कोरोनाको नियन्त्रण तथा रोकथामको लागि प्रयोग गर्न सरकार समक्ष आग्रह गरेका छन्।

केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, बद्री पाण्डे, जीवन परियार, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले संयुक्तरुपमा अपिल जारी गरेका हुन्।

उनीहरुले कोरोना भाइरसको रोकथाम र उपचारका लागि बन्दाबन्दीसँगै परीक्षण विस्तार, स्वास्थ्य उपकरण, जनजीविकाका सवाल, विदेशमा रहेका नेपालीका समस्यालगायत विषयमा पनि प्रभावकारी काम गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन्।

अपिलमा सुरक्षाकर्मीको तलबबाट रकम कट्टा गर्ने भन्ने विषयले सुरक्षाकर्मीलाई निरुत्साहित तुल्याउने उल्लेख गर्दै अपिलमा स्वास्थ्यकर्मीलगायत

उपचारका लागि खटिने सबैको आर्थिक सुरक्षा र प्रोत्साहनस्वरुप बीमा र यथेष्ठ भत्ताको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

यसैगरी पूर्वपदाधिकारीले पाउने सुविधा र सुरक्षा कटौती गर्दै जनताको हितमा लगाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: Apr 09, 2020| 20:54 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।