बिहीबार, भदौ ४, २०८३

निर्णय भएको दुई घण्टामै सरकारको बोली फेरियो

सरकारले काठमाडौं उपत्यकाबाट तत्काल बाहिर जाने यात्रुलाई सेवा नदिने भएको छ।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

काठमाडौं- काठमाडौंबाट गाउँ जान चाहनेहरुका लागि जान दिने निर्णय नभएको कोरोना संक्रमण तथा रोकथाम सम्बन्धी उच्चस्तरीय समितिका संयोजक उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले बताएका छन्।

उपप्रधानमन्त्री पोखरेलले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णय नभएको जनाएका हुन्।

यसअघि बिहीबार दिउँसाे बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले शुक्रबार र शनिबार काठमाडौं उपत्यकाबाट बाहिर जान चाहने व्यक्तिलाई जान दिने भनेको थियो।

तर लकडाउनकाे अबधिमा तत्काल बाहिर पठाउन असम्भव देखिएपछि समितिको निर्णय दुई घण्टा पनि टिकेन।

उच्चस्तरीय समितिका संयोजक पोखेरलले विज्ञप्ति जारी गर्दै यसबारे कुनै पनि निर्णय नभएको दाबी गरेका हुन्।

दिउँसो उच्चस्तरीय समितिमा छलफल भएपछि समितिका सदस्यहरुले काठमाडौंबाट बाहिर जान चाहने यात्रुहरुलाई पठाउनेबारे निर्णय भएको बताएका थिए।

उनीहरुका अनुसार उच्चस्तरीय समितिकाे छलफलमा शुक्रबार र शनिबार यस्तो सेवा दिइने र त्यसमा सरकारी निकायले निगरानी गर्ने निर्णय गरिएकाे थियो।

उक्त छलफलअनुसार काठमाडौंबाट बाहिर जान दिइने भए पनि बाहिरबाट काठमाडौं उपत्यकामा आउन नदिइने भनिएको थियो।

बिहीबार मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयकाे आधिकारिक फेसबुक पेजमा प्रकाशित जानकारी


यसअघि प्रकाशित समाचार

प्रकाशित: Apr 09, 2020| 18:29 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।