बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतबाट लुकिछिपी सीमानाका पुगेका १८४ नेपालीलाई स्वदेश प्रवेशमा रोक

भारतबाट लुकिछिपी सीमानाका पुगेका १८४ नेपालीलाई स्वदेश प्रवेशमा रोक

भारतको कानपुरबाट लुकिछिपी सर्लाहीको सीमानाका पुगेका नेपालीलाई स्वदेश प्रवेशमा रोक लगाइएकाे छ।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

जनकपुरधाम– भारतको कानपुरबाट लुकिछिपी सर्लाहीको सीमानाका पुगेका नेपालीलाई स्वदेश प्रवेशमा रोक लगाइएकाे छ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकाका एक सय ८४ जना कन्टेनरलगायत सवारीसाधनमा चढेर सीमानाका पुगेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मोहन जिसीले जानकारी दिए।

उनीहरूमध्ये २७ जनालाई भारतको सोनवर्सा नाकामा रहेको क्वारेनटाइनमा राखिएको छ भने अन्य सम्पर्कविहिन छन्।

प्रजिअ जिसीका अनुसार उनीहरूलाई नेपाल प्रवेश गर्न नदिन सिमानामा कडाइ गरिएको छ भने सम्पर्कविहीन भएकाहरूको खोजी जारी छ।

भारतको कानपुरबाट सर्लाहीको सीमानाका ५१ किलोमिटरको दूरीमा छ।

प्रकाशित: Apr 09, 2020| 15:19 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।