बिहीबार, भदौ ४, २०८३

भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

बाजुरामा एक व्यक्तिले गोली हानेर श्रीमतीको हत्या गरेका छन्।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

बाजुरा- बाजुरामा एक व्यक्तिले गोली हानेर श्रीमतीको हत्या गरेका छन्। जिल्लाको गौमूल गाउँपालिका ४ की ३३ वर्षीया सुन्तु रोकायालाई बुधबार राति उनका पति ४० वर्षीय गोरख रोकायाले भरुवा बन्दुकले हानेर हत्या गरेको बाजुरका प्रहरी प्रमुख डीएसपी टंक भट्टराईले जानकारी दिए।

गोरखलाई एक थान बरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको छ। भैंसीगोठमा भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको अवस्थामा फेला परेपछि बिहीबार माइती पक्षले प्रहरीलाई जानकारी गराएकाे थियाे। हत्याको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी भट्टराईले बताए।

प्रकाशित: Apr 09, 2020| 12:19 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।