शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • राजनीति
  • मन्त्रिपरिषद् विस्तारको टुंगो शुक्रबार, कुन दलबाट को बन्दैछन् मन्त्री?

मन्त्रिपरिषद् विस्तारको टुंगो शुक्रबार, कुन दलबाट को बन्दैछन् मन्त्री?

मन्त्रिपरिषद् विस्तार दुई चरणमा हुने भएको छ। सरकार गठन भएको दुई महिना पुग्‍नै लाग्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना बढ्न थालेपछि सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो।
 |  बिहीबार, भदौ २४, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बिहीबार, भदौ २४, २०७८

काठमाडौं- मन्त्रिपरिषद् विस्तार दुई चरणमा हुने भएको छ। सरकार गठन भएको दुई महिना पुग्‍नै लाग्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना बढ्न थालेपछि सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो। बालुवाटारमा बिहीबार बसेको गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तार चाँडोभन्दा चाँडो गर्ने निष्कर्ष निकालेको छ।

National life insurance

‘जतिसक्दो चाँडो क्याबिनेट विस्तार गर्ने भन्‍ने भएको छ। एकै चरणमा सम्भव नभए दुई चरण गरेर भए पनि क्याबिनेटलाई पूर्णता दिइनेछ,’ छलफलमा सहभागि एक नेताले भने। 

 बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार हुन नसक्दा आलोचना बढेको भन्दै चाँडो सूची बुझाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधकुमार नेपालसँग आग्रह गरेका छन्। ‘सरकार गठन भएको दुई महिना पुग्‍न लाग्यो। क्याबिनेटले पूर्णता पाउन सकेको छैन। अब ढिलो गर्न हुन्‍न, राम्रो म्यासेज गएको छैन,’ देउवाले भनेका थिए, ‘चाँडो नाम दिनुहोला।’

 शुक्रबार बिहान ९ बजे पाँच दलका शीर्ष नेताको बैठक बोलाइएको छ। उक्त बैठकले मन्त्रिपरिषद् विस्तारबारे अन्तिम टुंगो लगाउने र मन्त्रिपरिषद् विस्तार हुने बालुवाटार स्रोतको भनाइ छ। ‘भोलि शीर्ष नेताको बैठक छ। मन्त्रिपरिषद्को विस्तारका बारेमा टुंगो लाग्छ,’ स्रोतले भन्यो, ‘भोलि नै त विस्तार गर्ने सम्भावना नरहला। आइतबारसम्म मन्त्रिपरिषद् विस्तार हुनेछ। अब पर जाँदैन।’ 

शुक्रबार पाँचका शीर्ष नेताले एमसीसीबारेमा साझा धारणा बनाउने बारेमा समेत छलफल गर्ने बताइएको छ। असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले सोही दिन चार मन्त्री नियुक्त गरेका थिए। चारमध्ये दुई जना कांग्रेसबाट र दुई जना माओवादी केन्द्रबाट मन्त्री तय भएका थिए। 

worldlink

कांग्रेसबाट बालकृष्ण खाँड गृह र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री बनेका छन्। माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्री बनेका छन्। देउवाले  ११ साउनमा स्वास्थ्य राज्यमन्त्रीमा सांसद उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए।

कांग्रेसबाट को-को छन् मन्त्रीका आकांक्षीरु ?

प्रधानमन्त्री देउवाले साउन ३ गते प्रतिनिधिसभामा विश्वासको मत पाएलगत्तै कांग्रेसमा मन्त्रीका अकांक्षीले लबिङ थालेका थिए। तर, देउवाले मन्त्रिपरिषद् विस्तार  गरेनन्। कांग्रेसमा मन्त्रीका आकांक्षीको लर्को छ। कांग्रेसको संस्थापन इतर समूहले भने उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालयको खोजिरहेको छ। देउवाले पहिलो चरणमा आफ्नो समूहबाट २ मन्त्री र एक राज्यमन्त्री बनाइसकेका छन्। 

संस्थापन इतर समूहले महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेतृ सुजाता कोइरालामध्ये कुनै एक जनाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरेको छ। 

कांग्रेसको संस्थापन समूहबाट पुष्पा भुसाल मन्त्री बन्‍ने सम्भावना धेरै रहेको स्रोतको दाबी छ। उनीसँगै संस्थापन समूहबाट डा। नारायण खड्का, डिला संग्रौला, देवेन्द्रराज कँडेल, भरत शाह लगायत आकांक्षी छन्। 

संस्थापन इतर समूहले महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेतृ सुजाता कोइरालामध्ये कुनै एक जनाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरेको छ। यो समूहबाट डा. मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडू, विजय यादव, तेजुलाल चौधरीलगायत पनि मन्त्रीका आकांक्षी छन्। 

महामन्त्री कोइराला सरकारमा नगएको अवस्थामा रिजालको मन्त्री बन्‍ने सम्भावना धेरै रहेको स्रोत बताउँछ। वरिष्ठ नेता पौडेलको पहिलो रोजाइमा भने बडू छन्। सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्‍ने सम्भावना छ। यद्यपि यो समूहबाट गगन थापा र भीमसेनदास प्रधानसमेत मन्त्रीका आकांक्षी हुन्। 

माओवादीमा आकांक्षीको भिड 

माओवादीमा मन्त्रीका आकांक्षी धेरै छन्। मन्त्रीका आकांक्षी धेरै देखिँदा व्यवस्थापनमा समस्या भएको गुनासो अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रूपमै गरेका थिए। 

यद्यपि माओवादीले सबै समुदाय र भूगोलको समेत प्रतिनिधित्व हुने गरी मन्त्री बनाउने तयारी गरेको छ। नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङ लगायतका स्थायी समिति सदस्यले मन्त्री बन्ने इच्छा देखाएका छन्। 

यस्तै मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डल मधेसी कोटाबाट मन्त्री बन्न चाहेका छन्। जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ पनि आकांक्षी छन्। यस्तै सुदन किराती, सन्तकुमार थारु र महेश्वर गहतराजसमेत मन्त्रीको आकांक्षीमा  छन्। 

जसपा र समाजवादीबाट को-को?

जसपाबाट अध्यक्ष उपेन्द्र यादव, महेन्द्र राय यादव, रेणु यादव, मोहम्मद इस्तियाक राईलगायतको नाम मन्त्रीका लागि चर्चामा छ। यस्तै महन्थ ठाकुरको साथ छोडेर उपेन्द्र यादवको कित्तामा आइपुगेका प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, नरमाया ढकाल र रुही नाज मिकरानी लगायतका सांसदले समेत आकांक्षा राखेका छन्। उनीहरुलाई समेत समेटेर मन्त्री छान्नुपर्ने अवस्थामा जसपा छ। 

नेकपा एकीकृत समाजवादी पार्टीबाट रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणि चौधरी, प्रेम आले, किसान श्रेष्ठ लगायतको नाम मन्त्रीका लागि चर्चामा छ।

प्रकाशित: Sep 09, 2021| 09:10. 12 बिहीबार, भदौ २४, २०७८