बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश दुईमा ३२ सय बेडको क्वारेन्टाइन, १ सय १३ जनाको परीक्षण

प्रदेश दुईमा ३२ सय बेडको क्वारेन्टाइन, १ सय १३ जनाको परीक्षण

प्रदेश २ सरकारले प्रदेशमा ३ हजार २ सय १५ बेड क्षमताको क्वारेनटाइन तयार भइसकेको जानकारी दिएको छ।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

जनकपुरधाम- प्रदेश २ सरकारले प्रदेशमा ३ हजार २ सय १५ बेड क्षमताको क्वारेनटाइन तयार भइसकेको जानकारी दिएको छ।

बुधबार मिडिया ब्रिफिङमार्फत प्रदेश २ को समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले उक्त जानकारी दिएका हुन्।

प्रदेश २ मा हालसम्म १ सय ४५ क्वारेनटाइन रहेको छ जसमा ९ सय ९ जनालाई राखिएको छ। यसैगरी, होम क्वारेनटाइनमा १ हजार १ सय ८४ जना रहेका छन् भने आइसोलेसनमा २१ जना छन्।

हालसम्म प्रदेश २ मा जम्मा १ सय ४० जनाको कोरोना परिक्षणका लागि नमुना सकलन गरिएको छ। जसमध्ये १ सय १३ जनाको रिपोर्ट आएको छ। सबै कोरोना निगेटिभ रहेको जनाइएको छ भने २७ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।

सचिव घिमिरेका अनुसार प्रदेश २ मा रहेका १०९ वटै सीमा नाकाहरुमा यात्रु आवागमनलाई पूर्ण रुपमा बन्दगरिएको छ भने पर्सा जिल्ला स्थित सुखा बन्दरगाह, एकीकृत जाँचचौकी र बिरगंज भन्सार लगायतबाटबाट तरकारी तथा अति आवश्यक पेट्रोलियम पदार्थ बोकेका मालवाहक सवारी साधनहरु नियमित रुपमा नै आवागमन भइरहेको छ।

मंगलबार चैत्र २५ गते मुल भन्सार इनरवा नाकाबाट १८ वटा तरकारी र फलफूल बोकेका गाडी नेपाल भित्रिएका थिए भने नेपालबाट १६ वटा खाली मालवाहक सवारीका साधनहरु भारततर्फ गएको उनले जनाए।

त्यसैगरी पर्सामै रहेको एकीकृत भन्सार जाँच चौकीबाट एल.पि.जी.ग्यासका ४२ वटा, मालबाहाक ट्रक ५२ वटा, रिफाईन आयल १८ वटा, टेलर ३४ वटा, कन्टेनर ८ वटा गरी कुल १५४ वटा मालवाहाक सवारी साधन नेपाल भित्रिएका छन् भने ८८ वटा खाली मालवाहक सवारी साधन भारततर्फ गएका छन्।

त्यसैगरी पर्सामै रहेको बीरगंज सुख्खा बन्दरगाहाबाट ३० वटा कन्टेनर र २० वटा मालवाहक ट्रक नेपाल भित्रिएका छन्।

त्यस्तै, चौधरी ग्रुपले प्रदेश नम्वर २ सरकारलाई ८० थान पीपीई (पर्सनल प्रोटेक्टिभ ईक्यूप्मेन्ट), ८० थान नै एन–९५ मास्क र ३०० थान स्यानिटाइजर उपलब्ध गराएको सचिव घिमिरेले जानकारी दिए।

चौधरी ग्रुपले उपलब्ध गरेको उक्त सामाग्रीहरु मध्ये ४० थान पीपीई, ४० थान एन–९५ मास्क र १५० थान सानिटाईजर नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजलाई पठाइएको छ भने बाँकी सामाग्रीहरु आवश्यकता र औचित्यलाई समेत दृष्टिगत गरी प्रादेशिक अस्पताल जनकपुर र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरलाई पठाइएको छ।

त्यसैगरी बुधबार नै स्वास्थ्यकर्मीले उपचारको क्रममा लगाउने जुत्ता, मास्क, स्यानीटाइजरसहित एन.एम.बि.बैकले १ सय थान पि.पि.ई. प्रदेश नम्वर २ सरकारलाई उपलब्ध गराएको सचिव घिमिरेले जनाए।

प्रकाशित: Apr 08, 2020| 17:05 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।