बिहीबार, भदौ ४, २०८३

ज्वरो आएकी महिलाको अस्पताल चहार्दाचहार्दै मृत्यु

कपिलवस्तुमा ज्वरोले थलिएकी एक महिलाको अस्पताल चहार्दाचहार्दै कपिलवस्तुमा मृत्यु भएको छ।
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

कपिलवस्तु- कपिलवस्तुमा ज्वरोले थलिएकी एक महिलाको अस्पताल चहार्दाचहार्दै मृत्यु भएको छ।

कपिलवस्तु र रुपन्देहीका अस्पतालहरुले उपचार गर्न नमानेपछि यशोधरा गाउँपालिका–६ रंगपुरकी ३६ वर्षीया कलामुन निशाले सोमबार ज्यान गुमाएकी हुन्।

वडाध्यक्ष श्यामनारायण उपाध्यायका अनुसार निशा करिव एक हप्तादेखि बिरामी थिइन्। आइतबार राती ज्वरोले च्यापेपछि कपिलवस्तु अस्पताल तौलिहवामा लगिएको थियो। अस्पतालले भर्ना गर्न नमानेपछि आफन्तले उनलाई भैरहवा पुर्‍याएका थिए।

आफन्तले लुम्बिनी मेडिकल कलेजमा लैजाँदा पनि भर्ना गर्न नमानेपछि उनलाई भैरहवा मेडिकल कलेज लगिएको उपाध्यायले जानकारी दिए।

भैरहवाको भीम अस्पतालले समेत उपचार गर्न नमानेपछि पुनः कपिलवस्तु अस्पताल ल्याएको उपाध्यायले बताए।

‘कपिलवस्तु अस्पतालले सलाईन चढाएर बिरामीलाई राति नै घर पठाएको रहेछ’ उपाध्यायले भने, ‘बिरामीको अवस्था नाजुक भएको भन्दै मलाई फोन गरेपछि प्रमुख जिल्ला अधिकारीलाई भनेर आज बिहान पुनः अस्पताल लगिएको थियो।’

उपाध्यायका अनुसार अस्पताल पुर्‍याउनेवित्तिकै उनको मृत्यु भएको हो।

त्यसअघि उनलाई स्थानीय एक मेडिकलले टाइफाइडकाे आशंकामा औषधि दिएर पठाएको थियो।

प्रकाशित: Apr 06, 2020| 18:32 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।