बिहीबार, भदौ ४, २०८३

‘तोकिएका अस्पतालमा मात्रै कोरोनाको उपचार हुन्छ’

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ का बिरामीको उपचारमा तोकिएको अस्पताल मात्रै प्रयोग गरिने बताएका छन्।
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ का बिरामीको उपचारमा तोकिएको अस्पताल मात्रै प्रयोग गरिने बताएका छन्। कोराना उपचारको तयारीबारे विभिन्न ६ अस्पतालको अनुगमन गरेर फर्किएको टोलीसँग उनले मन्त्रालयमा जानकारी लिएर निर्देशन दिने क्रममा भने, ‘जुन अस्पतालमा कोरोनाका बिरामीको उपचार हुन्छ, त्यो अस्पताल पूर्णरुपमा कोरोनाको उपचारमा मात्र प्रयोग गरौँ।’

मन्त्री ढकालले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सशस्त्र प्रहरीको अस्पताल पूर्णरुपमा कोरोनाका लागि उपचार सुरु गराउने र ती अस्पताल भरिएपछि मात्र अन्य अस्पतालमा उपचार गराउनुपर्ने बताए। उनले सबै मिलेर काम गर्दामात्र सफलता प्राप्त गर्न सकिने भन्दै कोरोनाविरुद्धको लडाइँमा पनि सामूहिक रुपमै काम गर्नुपर्नेमा जोड दिए। उनले स्वास्थ्यकर्मी र चिकित्सकलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिने बताउँदै उच्च मनोबलका साथ काम गराउन विभिन्न काउन्सिलका पदाधिकारीलाई निर्देशन पनि दिए।

टोलीले कोराना उपचारको तयारीबारे विभिन्न ६ वटा अस्पतालको अनुगमन गरेको थियो। जसमा त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पताल र भक्तपुर अस्पताल रहेका छन्। अनुगमनमा ६ वटै अस्पताल कोरानाको उपचारका लागि पूर्णरुपमा तयार भएका पाइएको थियो।

प्रकाशित: Apr 06, 2020| 17:56 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।