बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नाै‌ हजारभन्दा बढी क्वारेन्टाइनमा, एक हजार सात सयको नमुना परीक्षण

नाै‌ हजारभन्दा बढी क्वारेन्टाइनमा, एक हजार सात सयको नमुना परीक्षण

काेराेना संक्रमणकाे जाेखिम न्यूनीकरणका लागि नौ हजारभन्दा बढीलाइ क्वारेन्टाइनमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

काठमाडौं– नेपालमा नौ हजारभन्दा बढी क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले नेपालमा नाै‌ हजार एक सय ६८ जना क्वारिन्टाइनमा रहेको बताए। उनले विदेशबाट आएका तथा शंकास्पद व्यक्ति क्वारेन्टाइनमा रहेको बताए।

प्रवक्ता देवकोटाले राजधानीको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म एक हजार ६ सय ९७ नमुना परीक्षण भएको जानकारी दिए। उनले उपत्यकाबाहिर नाै‌ स्थानमा नमुना परीक्षण सुरु भएको बताए। उनका अनुसार अहिले नेपालभर एक सय सात जना आइसोलेसनमा छन्। जसमध्ये उपत्यकामा १२ र उपत्यका बाहिर ९५ जना उनले जानकारी दिए।

उनका अनुसार सुदूरपश्चिमको कैलाली, कन्चनपुर र बाग्लुङमा र्‍यापिड टेस्ट सुरु गर्न मन्त्रालयको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ। आजबाटै र्‍यापिड टेस्ट सुरु गरिने देवकोटाले जनाकारी दिए।

उनले मन्त्रालयकाे काेराेनासम्बन्धी वेब पेज र हाम्रो स्वास्थ्य मोबाइल एपबाट २४ घन्टामा एक हजार दुई सय ९१ जनाले सेल्फ इभ्यालुयसन गरेको बताए। जसमध्ये ५ जना ‘रेड जोन’मा रहेको र उनीहरूको फलोअप जारी रहेको उनकाे भनाइ छ।

अहिलेसम्म सेल्फ इभ्यालुएसन गर्नेको संख्या नाै‌ हजार तीन सय ८८ पुगेको पत्रकार सम्मेलनमा बताइएको छ।

१४ दिनको क्वारेन्टाइनपछि के गर्ने ? उक्त प्रश्नको जवाफ दिँदै प्रवक्ता देवकोटाले भने– १४ दिनपछि पनि क्वारेन्टाइनमा बस्न आवश्यक छ। १४ दिनपछि पनि कोरोना संक्रमण देखिन सक्ने भएकाले क्वारेन्टाइनमा बस्न आवश्यक भएको उनको भनाइ छ।

प्रकाशित: Apr 06, 2020| 17:38 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।