चितवन - निउरो टिप्न सामुदायिक वनमा गएका एक जनाको गैंडाको आक्रमणबाट ज्यान गएको छ।
भरतपुर महानगरपालिका–२२ बोटे टोलका ४० वर्षीय पूर्णबहादुर कुमालको गैंडाको आक्रमणबाट मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए।
निकुञ्जसँग जोडिएको बेलसार मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएको बेला कुमाललाई गैंडाले आक्रमण गरेको उप्रेतीले बताए।