रामेछाप– रामेछापमा लकडाउनमा यात्रु ओसार्ने एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौंबाट सात जना यात्रु लिएर आएको प्रदेश नम्बर–३ ०–२२–०१ च २१६३ नम्बरको एम्बुलेन्स र चालकलाई आइतबार राति प्रहरी चौकी, सेलेघाटको चेकिङ पोस्टबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, रामेछापका सूचना अधिकारी एवं प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेल जानकारी दिए।
एम्बुलेन्स र चालकलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय, रामेछाप पठाइएको उनले बताए।
एम्बुलेन्समा आएका मानिसलाई भने घर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। एम्बुलेन्समा आएकाहरू सबै गोकुलगंगा गाउँपालिका–६ का स्थानीय हुन्।