बिहीबार, भदौ ४, २०८३

लकडाउन वैशाख ३ गतेसम्म लम्बियो

सरकारले जारी लकडाउन वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

काठमाडाैं- सरकारले जारी लकडाउन वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदकाे साेमबार बसेकाे बैठकले लकडाउन थप्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनको अवधि ८ दिन थप गरेको हो।

यसअघि सरकारले चैत ११ गतेबाट लागू हुनेगरी पहिलोपटक लकडाउन गरेको थियाे। त्यसपछि २५ गतेसम्म बढाइएकाे थियाे। भारतमा २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको संक्रमणको दर केही बढेको पाइएपछि लकडाउन थप गरिएकाे हो। 

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश मातहत कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै लकडाउनको अवधि थप गर्न संघीय सरकारलाई आग्रह गरेकाे थियाे। धनगढीमा घरमै रहेकी एक महिलामा काेराेना संक्रमण भएपछि जाेखिम बढेकाे छ।

प्रकाशित: Apr 06, 2020| 16:21 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।